होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • साँफे-मार्तडी सडक सुचारु गर्न काँग्रेस नेताहरुको माग
बाजुरा बिशेष

साँफे-मार्तडी सडक सुचारु गर्न काँग्रेस नेताहरुको माग

  • नागरिक रैबार
साँफे-मार्तडी सडक सुचारु गर्न काँग्रेस नेताहरुको माग

नागरिक रैबार/बाजुरा २१ साउन। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य नेता वद्रिप्रसाद पाण्डेले साँफे मार्तडी सडक तत्काल सूचारु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेका छन् ।

बुधबार नेता वद्रीप्रसाद पाण्डेसहित पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी, महाधिवेशन प्रतिनिधि पदमबहादुर शाही र नेविसंघ बाजुरा काठमाण्डौं सम्पर्क समितिा अध्यक्ष चन्द्र रावत सहितका नेताहरुले साँफे मार्तडी सडक तत्काल सूचारु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र यातायात मन्त्री बसन्त नेवाङ्गलाई आग्रह गरेका हुन् ।

साँफे मार्तडी सडकको वर्षेनी समस्या र सडककै समस्याका कारण वर्षेनी बाजुराली जनताले भोगेको समस्यालाई मध्येनजर गरेर सडकको दिगो र विकल्पसहितको सडक निर्माण गर्न नेता पाण्डेसहितका काँग्रेसका नेताहरुले यातायात मन्त्री नेवाङ्गलाई आग्रह गरेकोे संविधान सभा सदस्य बद्रीप्रसाद पाण्डेका स्वकीय सचिव तालबहादुर रावतले बताएका छन् ।

विज्ञापन

साँफे मार्तडी सडक पहिरोका कारण एकमहिना देखि अवरुद्ध छ । सडक अवरुद्ध भएपछि अहिले सदरमुकाम मार्तडीसम्म आवत जावत गर्ने स्थानीयरु समस्यामा परेका छन् । सडककै समस्याका कारण जिल्लाको सदरमुकाम लगायतका बजारहरुमा दैनिक उपभोग्य सामाग्रीको हाहाकार भएको छ ।

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै