होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराको पूर्वाेत्तर क्षेत्रमा खाद्य संकट सुरु
देश/प्रदेश

बाजुराको पूर्वाेत्तर क्षेत्रमा खाद्य संकट सुरु

  • नागरिक रैबार
बाजुराको पूर्वाेत्तर क्षेत्रमा खाद्य संकट सुरु

निमेन्द्र शाही/ बाजुरा २१ साउन –बाजुराको पूर्वाेत्तर क्षेत्रका ४ वटा स्थानीय तहमा खाद्यान्न संकट सुरु भएको छ । त्यस क्षेत्रमा रहेका खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा खाद्यान्नको माैज्दात २ महिनादेखि शून्य छ ।

कोरोनाका कारण भारत र जिल्ला बाहिर रहेका मानिस भित्रिएसँगै जेठकाे दोस्रो साताबाट ती डिपोमा चामलको माैज्दात राख्न सकिएको छैन ।लिमिटेडको क्षेत्रीय कार्यालय धनगढीबाट समयमा चामल नपठाएका कारण यो समस्या आएको हाे ।अहिले बाजुरा आउने बाटो बिग्रेका कारण हवाईबाहेक स्थलगत ढुवानीको विकल्प नहुँदा त्यस क्षेत्रमा खाद्यान्नको समस्या देिन थालेकाे छ ।

लिमिटेडको कोल्टी डिपोमा गत आर्थिक वर्षको ८ हजार क्विन्टल चामल पूरा ढुवानी हुन सकेन भने कवाडी डिपोमा भएको २ हजार क्विन्टल डिपोमा पुर्‍याउन बित्तिकै बिक्री भएर माैज्दात सकिएको थियो । त्यसपछि सडकको समस्या देखाउँदै लिमिटेडले खाद्यान्न आपूर्ति गर्न सकेको छैन । बाजुरामा आफ्नो उत्पादनले ३ महिना मात्र खान पुग्ने जनसंख्या ४० प्रतिशत छ ।

विज्ञापन

जिल्लामा हरेक वर्ष ११ हजार मेट्रिकटन खाद्यान्न अभाव हुने गरेको छ। त्यसको पूर्ति लिमिटेडले गर्ने गरेको छ ।कृषि ज्ञान केन्द्रको  कार्यालय बाजुराले दिएको जानकारी अनुसार जिल्लामा पूरा क्षेत्रफलको ९.२१ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । त्यसमा जम्मा सिँचित क्षेत्र १.४२ प्रतिशत मात्र रहेको छ । अर्थात् ७.७९ प्रतिशत जमिनमा सिँचाइ सुविधा छैन ।

जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिँचाइ सुविधा छ । आकाशे पानीको भरमा खेती हुने हुँदा किसानले अहिले रोपाइँ गर्न सुरु गरेका छन् ।बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ ।

कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले भने, ‘बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । यस वर्ष गहुँ खेतीसमेत त्यति राम्रो भएको छैन । २० प्रतिशत उत्पादन घटेको छ । हाम्रोमा ३ महिना मात्र खाना पुग्ने ४० प्रतिशत जनसंख्या छ ।’ उनले थपे, ‘असार/साउन र भदाैमा गरेर उनीहरूसँग खाद्यान्न अभाव भइसकेको छ । खाद्यान्नले आपूर्ति नगर्ने हो भने ठूलो संख्यामा भित्रिएको जनसंख्यालाई खाद्यान्न व्यवस्थापनका लागि समस्या छ ।’

पहिरोले गर्दा जिल्लामा खाद्यान्न वित्र्याउन समस्या भएकाले सरकारले छिटो यस विषयमा गम्भीर ध्यान दिनुपर्ने यहाँका सरोकारवालाको माग छ ।‘मान्छेले बाँच्न पाउने अधिकार राज्यले सुरक्षित गरिदिनुपर्छ । खाद्यान भित्र्याउन स्थलगत मार्गबाट सम्भव देखिँदैन । चारैतिरको बाटो पहिरोले बगाएकाले तिहार अगाडि खोल्न सम्भव छैन,’ नागरिक समाज बाजुराका अध्यक्ष अग्निराज शाही ले भने, ‘कोल्टीमा रहेको एरपोर्टबाट हवाईमार्फत ढुवानी गरेर चाँडोभन्दा चाँडो खाद्यान्न आपूर्तिमा जोड दिनुपर्ने देखिन्छ।’खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वर्षाका कारण सडक बिग्रेर ढुवानी गर्न समस्या भइरहेकाे बताए ।सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले हवाईजहाजबाट ढुवानीको प्रयास भइरहेको जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार