होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • काठमाण्डौ बस्ने गिरीले गाउँपालिकालाई गरे २५ सय थान मास्क सहयोग
देश/प्रदेश

काठमाण्डौ बस्ने गिरीले गाउँपालिकालाई गरे २५ सय थान मास्क सहयोग

  • नागरिक रैबार
काठमाण्डौ बस्ने गिरीले गाउँपालिकालाई गरे २५ सय थान मास्क सहयोग

नहकुल जोशी/कोल्टी २२ साउन । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल काठमाण्डौको थानकोट निवासी गोकुल गिरीले स्वामीकार्तिक खापर गाउँपालिकाका लागि २ हजार ५ सय थान मास्क सहयोग गर्नुभएको छ । देउडा सर्जक, समाज सेवी गिरीले कोरोनाभाईरस नियन्त्रणका लागि सहयोग पुर्‍याउन भन्दै गाउँपालिकालाई सो संख्यामा मास्क सहयोग गर्नुभएको हो ।

उहाँले उपलब्ध गराएका मास्क आज एक कार्यक्रमका विच स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीलाई जनप्रकाश माद्यामिक विद्यालयका प्राचार्य अनोजराज गिरीले हस्तान्तरण गर्नुभयो । गिरीले उपलब्ध गराएका मास्क गाउँपालिकामा अध्यक्ष शाहीले ग्रहण गर्दै गाउपालिकालाई सहयोग स्वरुप सो मास्क उपलब्ध गराएकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

गाउँपालिकाले सम्पूणर् स्रोतको परिपुर्ती गर्न नसक्ने अवस्थामा कोभिड संग लड्न केहि ब्यक्तित्वले गर्नुभएको सहयोग निकै महत्वपूणर् रहेको उहाँले बताउनुभयो ।

विज्ञापन

कार्यक्रममा उपाध्यक्ष मिमा बुढा, पाँचै वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकाया लगायत कर्मचारीहरु, जनप्रतिनिधिहरु, राजनैतिक दलका पदाधिकारीहरु, रेडियो बुढीनन्दाका अध्यक्ष सर्पलाल गिरी लगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

गाउँपालिकाका सूचना अधिकारी कुमेर बहादर शाहीले सञ्चालन गर्नुभएको सहयोग हस्तान्तरण कार्यक्रममा सहभागिले काठमाण्डौ बसेर आफ्नो जन्म भुमिलाई सहयोग गरेको प्रति सहयोगि गोकुल गिरीका प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार