होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १४ जेठ। जिल्ला खेलकुद विकास समिति बाजुराका नवनियुक्त अध्यक्ष राकेश थापाले जिल्लामा खेल क्षेत्रको विकास गर्नका लागि आफ्नो कार्यकाल भरि खटिएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार जिल्ला खेलकुद विकास समितिमा अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै थापाले जिल्लामा खेल क्षेत्रको विकास र खेलक्षेत्रलाइ चिनाउन निरन्तर लाग्ने प्रतिवद्धता जनाएका हुन् । उनले बाजुरामा खेल […]
नागरिक रैबार/बाजुरा १४ जेठ। बडीमालिका नगरपालिका वडा नं. ९ को कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी लालचन्द्र नेपालीलाई दिईएको छ । वडा अध्यक्ष विनोद कुमार विकको कोरोनाका कारण निधन भएपछि वडा अध्यक्षको पद रिक्त रहेको थियो । आज वडा कार्यालयमा बसेको वडा समितिको बैठकबाट वडाको बाँकी कार्यकालका लागि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११६ बमोजिम […]
नागरिक रैबार/शुक्रबार १४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्ण सुवेधीले नेकपा एमाले सुदूरपश्चिम प्रदेशका नेता कर्ण थापालाई उल्टै प्रति प्रश्न गर्दै आफूलाई स्पष्टीकरण सोध्नु पूर्व आफैले आफैलाई को हुँ भन्ने थाहा पाउन जरुरी रहेको बताएका छन् । मन्त्री सुवेदीले एक पत्रमार्फत आफ्नो स्पष्टिकरण दिदै प्रदेश अध्यक्ष थापालाइ यस्तो आरोप लगाएका हुन । […]
१३ जेठ, बाजुरा । बाजुरामा निषेधाज्ञाको अवधि आगामी जेष्ठ २१ गते सम्मका लागि थप गरिएको छ । बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ । बाजुरा जिल्लामा संक्रमण पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला […]
१३ जेठ, बाजुरा। बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन्। बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताएका छन् । अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र […]
चक्रबहादुर अयडी/बाजुरा ११ जेठ। त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले कोरोना भाईरस संक्रमित नगरबासीलाई थप उपचारका लागि अन्यत्र लिन नगरपालिकाले एम्बुलेन्स सरह निजि गाडीहरु भाडामा लिने गरी तयारी गरेको बताएका छन् । नेपाल प्रेस यूनियन जिल्ला शाखा बाजुराको आयोजनामा मंगलबार आयोजना गरिएको कोभिड १९ को अवस्था र न्यूनिकरणमा हाम्रो भुमिका विषयक जुम मिटिङ अन्तरक्रिया कार्यक्रममा […]
नागरिक रैबार/बाजुरा ११ जेठ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विनोद कुमार विकको निधनपछि वडा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ । वडा अध्यक्ष विकको कोरोनाका कारण गत बैशाख २५ गते निधन भएपछि वडा कार्यालयको दैनिक कामकाज २ सातादेखि प्रभावित भएको होे । वडा अध्यक्षको निधनपछि निर्वाचित ४ जना वडा सदस्यहरु मध्ये […]
नागरिक रैबार/बाजुरा १० जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ४ सय २८ पुगेको छ । आज २६ जनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । त्यस्तै बाजुरामा कोरोनाबाट मुक्त हुनेको सख्या २ सय ३९ पुगेको […]
नागरिक रैबार/बाजुरा ९ जेठ। सामाजिक अभियान्ता हेमराज थापाले कोरोनाको महामारीमा अग्रपंक्ति रहेर संचार क्षेत्रमा खटिएका बाजुराका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर तिव्र रुपमा फैलिएसंगै बाजुरामा दिनप्रतिदिन कोरोनाको जोखिम बढेपछि जिल्लामा अग्रपंक्तिमा रहेर काम गर्ने बाजुराका पत्रकारलाई सामाजिक अभियान्ता थापाले पिपिई १० सेट, सर्जिकल मास्क ५०० पिस, […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बोलन्या थली बाजुराले जिल्ला अस्पताल बाजुरा र टाँटे स्वास्थ्य चौकीका लागि ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको छ । जिल्लामा पछिल्लो समयमा कोरोनाका संक्रमितहरु दिनप्रतिदिन बढ्दै गएपछि कोरोना संक्रमितहरुले अक्सिजन अभावकै कारण ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले जिल्ला अस्पताल र टाँटे स्वास्थ्य चौकीलाई ७ वटा अक्सिजन सिलिण्डर हस्तान्त्रण गरेको बोलन्या थलि […]
नागरिक रैबार/बाजुरा ७ जेठ । जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि जिल्लामा निषेधाज्ञा जेठ १४ गतेसम्मका लागि थप भएको छ । बैशाख २२ गते देखी सुरु भएको निषेधाज्ञा थप जेठ ७ गते र तेस्राे पटक जेठ १४ गते सम्मका लागि थप भएको प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बताएका छन । जिल्लामा कोरोना भाईरसको […]
नागरिक रैबार/बाजुरा ५ जेठ। सुदूरपश्चिमका वरिष्ठ देउडा गायक लालबहादुर थापाको “कर्णालीको भाका” नामक ठाडी भाका गीतको भिडियो सार्वजनिक भएको छ । कर्णालीबासीको सामाजिक कथा व्यथालाई समेट्ने गरी तयार पारिएको सो गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो । कर्णालीबासीको भेषभुषा, कला संस्कृति, परम्परा र सामाजिक समस्याहरुलाई गीतका शव्दसहित भिडियोमा देखाईएको छ । गायक थापाकै स्वर, शव्द, […]
नागरिक रैबार/बाजुरा ५ जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा एन्टिजेन प्रविधीबाट गरिएको कोरोना परिक्षणमा ९ जना नयाँ संक्रमित थपिएका छन् । ९ जना संक्रमित थपिएसंगै बाजुरामा कोरोना संक्रमितको संख्या तीन सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै आज मात्रै एक जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यलय प्रमसख महेश चन्दले […]
नागरिक रैबार/बाजुरा ५ जेठ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ३ लाई आजबाट लागु हुने गरि जेठ १२ गतेसम्मका लागि सिल गरिएको छ । वडामा कोरोना महामारी फैलिन नदिन वडा नं. ३ लाई जेठ ५ गतेदेखि १२ गतेसम्म लागु हुने गरि पुरै वडा सिल गरिएको वडा अध्यक्ष डम्बरबहादुर शाहीले बताएका छन् । वडामा हाल २० जना […]
नागरिक रैबार/बाजुरा ५ जेठ । जिल्ला अस्पताल बाजुरामा एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोनाका कारण बुढिगंगा नगरपालिका ४ बस्ने ७६ बर्षिय संक्रमित काे मृत्यु भएकाे अस्पताल बाजुराका काेभिड फाेकल चुणामणि पन्तले बताएका छन् । उनि दमकाे बिरामी रहेकाे अस्पतालले जनाएकाे छ । बाजुरामा हालसम्म ३ सय ५३ जना कोरोना सँक्रमित रहेका छन् भने […]
नागरिक रैबार/बाजुरा ४ जेठ। नेकपा माओवादी केन्द्र बाजुराका युवा नेता महेश शाही यतिबेला गृह गाउँपालिका जगनाथमा रहेका छन् । केही दिन अघि मात्रै गाउँवरीपरिका २५ जना कोरोना भाइरस संक्रमण भएपछि गाउँका अन्यलाई कोरोनाको संक्रमण हुन नदिन यसबाट बच्ने उपाए बारे जनचेतना सहित गाउँगाउँमा स्वास्थ्य सामाग्री वितरणमा सक्रिय भएका छन् । महामारीका बेला नेकपा माओबादी नेता […]
निमेन्द्र शाही १ जेठ, वैशाख बाजुरा । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका- १, पिपलडालीको हलिया बस्तीका बिरे सार्कीको ढोका बिहानैदेखि खुला छ । तर, छानामाथिको चिम्नीबाट धुवा अझै निस्केको छैन । कोल्टी बजारबाट हुम्ला जाँने मूलबाटोमा पर्ने उनको गाउँका सबै घरमा खडेरीमा प्रताडित माहुरी घारबाट फाट्ट–फुट्ट निस्किए जसरी मान्छेहरू घरभित्र–बाहिर गरीरहेका देखिन्छन् । अरु […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुरामा निशेधाज्ञाको अवधि आगामी जेठ ७ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको विहिबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो । विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बाजुरा जिल्लामा पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। युवा संघ नेपाल जिल्ला कमिटी बाजुराका सहसंयोजक गणेश बोहराले प्रगतिशिल विवाह गरेका छन् । विवाहका नाममा हुने भड्किलो खर्च रोक्दै बोहराले अनेरास्ववीयु जिल्ला कमिटी बाजुराकी सचिवालय सदस्य मन्जु भाटसंग सदरमुकाम मार्तडीमा विवाह गरेका हुन् । राष्ट्रिय बक्सीङ्ग खेलाडी समेत रहेका बोहराले आफ्नो विचार र मन मिलेकाले मन्जु संग विवाह गरेको बताए […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बुढीगंगा नगरपालिकामा कोरोना नियन्त्रण तथा रोकथामका लागि सिदार्थ बैंकले २ लाख सहयोग गरेको छ । कोभिड-१९ को दोस्रो लहर तिव्र रुपमा फैलिएपछि कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै नगरपालिकालाई सिद्धार्थ बैकले २ लाख रकम सहयोग गरेको हो । कोभिड-१९ को दोस्रो लहरमा नगरपालिका भित्र आइसोलेसन निर्माण, संक्रमितहरुको उपचार र अन्य ब्यबस्थापनका […]