होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा आज ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६२ पुग्यो
समाज

बाजुरामा आज ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६२ पुग्यो

  • नागरिक रैबार
बाजुरामा आज ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६२ पुग्यो

नागरिक रैबार/बाजुरा ५ जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा एन्टिजेन प्रविधीबाट गरिएको कोरोना परिक्षणमा ९ जना नयाँ संक्रमित थपिएका छन् । ९ जना संक्रमित थपिएसंगै बाजुरामा कोरोना संक्रमितको संख्या तीन सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै आज मात्रै एक जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यलय प्रमसख महेश चन्दले बताएका छन ।

उनका अनुसार संक्रमित तीन सय ६२ जनामा हाल एक सय ९६ जना सक्रिय संक्रमित रहेको बताएका छन । तीमध्ये होम आइसोलेसनमा एक सय ५४ जना र आइसोलेसनमा उपचाररत १२ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याकं रहेको छ ।
संक्रमित मध्ये बुधबार ५४ जना कोरोनाबाट मुक्त भएका छन् । यो संगै कोरोनाबाट मुक्त हुनेको संख्या एक सय ६१ पुगेको छ ।

विज्ञापन

बुधबार गरिएको कोरोना परिक्षणमा बुढीगंगा नगरपालिकामा ५, गौमुल गाउँपालिकामा २ जना र जगन्नाथ गाउँपालिकामा दुई जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार