होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना बारे जनचेतना जगाउन नेता शाही गाउँगाउँमा पुग्दै
समाचार

कोरोना बारे जनचेतना जगाउन नेता शाही गाउँगाउँमा पुग्दै

  • नागरिक रैबार
कोरोना बारे जनचेतना जगाउन नेता शाही गाउँगाउँमा पुग्दै

नागरिक रैबार/बाजुरा ४ जेठ। नेकपा माओवादी केन्द्र बाजुराका युवा नेता महेश शाही यतिबेला गृह गाउँपालिका जगनाथमा रहेका छन् । केही दिन अघि मात्रै गाउँवरीपरिका २५ जना कोरोना भाइरस संक्रमण भएपछि गाउँका अन्यलाई कोरोनाको संक्रमण हुन नदिन यसबाट बच्ने उपाए बारे जनचेतना सहित गाउँगाउँमा स्वास्थ्य सामाग्री वितरणमा सक्रिय भएका छन् ।

महामारीका बेला नेकपा माओबादी नेता शाहीले जगन्नाथ गाउँपालिका -३ मनिकाँडामा रहेका स्थानीयहरुलाई कोभिड बाट बच्ने उपाए र उनीहरुलाई स्वास्थ्य सरसफाईका सामाग्री सहित बितरण कार्य गरिरहेका छन । कोरोना भाईरस गाउँभरी फैलिन नदिन नेता शाहीले ब्यक्तिगत टोलटोलमा माक्स बितरण, सरसफाई सम्बन्धी पोष्टर टास्ने काम गरिरहेका छन् ।

नेता शाहीले जगन्नाथ गाउपालिका ३ का वडाभरि १००० जनालाई माक्स बितरण गर्ने ,२० स्थानमा सचेतना पर्चा टाँस्ने, र बिरामीहरुलाई सहजिकरणका लागि सहयोगी भूमिका खेल्ने अभियानमा लागिरहेको बताएका छन ।

विज्ञापन

केही स्थानमा कोरोना सचेतना जानकारी का पर्चा टाँस्ने काम गरियो उनले भने यो प्रक्रिया केही दिन सम्म चल्ने छ । वडाभरि १ हजार जनालाई माक्र्स बितरण गर्ने र २० स्थानमा सचेतना पर्चा टाँस्ने, सचेतना कार्यक्रम र बिरामीहरुलाई सहजिकरणका लागि सहयोगी भूमिका खेल्ने कार्यमा लागिरहेको नेता शाहीले बताएका छन । महामारीको बेला नागरिकको रक्षाका लागि यस्तो समयमा मास्क सेनिटाइजर सहित टोलटोलमा पुगेर कोभिड बारे जनचेतना फैलाएपछि कोरोनाबाट बच्न सहज हुने स्थानीयले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार