होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • नगरबासीका लागि एम्बुलेन्स सरह निजि गाडी तयार छन्ः नगर प्रमुख रावल
बाजुरा बिशेष

नगरबासीका लागि एम्बुलेन्स सरह निजि गाडी तयार छन्ः नगर प्रमुख रावल

  • नागरिक रैबार
नगरबासीका लागि एम्बुलेन्स सरह निजि गाडी तयार छन्ः नगर प्रमुख रावल

चक्रबहादुर अयडी/बाजुरा ११ जेठ। त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले कोरोना भाईरस संक्रमित नगरबासीलाई थप उपचारका लागि अन्यत्र लिन नगरपालिकाले एम्बुलेन्स सरह निजि गाडीहरु भाडामा लिने गरी तयारी गरेको बताएका छन् ।

नेपाल प्रेस यूनियन जिल्ला शाखा बाजुराको आयोजनामा मंगलबार आयोजना गरिएको कोभिड १९ को अवस्था र न्यूनिकरणमा हाम्रो भुमिका विषयक जुम मिटिङ अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख रावलले सो कुराको जानकारी गराएका हुन् ।

त्रिवेणीका नगर प्रमुख तथा नेपाली काँग्रेस बाजुराका वरिष्ठ नेता समेत रहेका रावलले कोरोना भाईरस संक्रमित विरामीहरुलाई नगरपालिकाबाट अन्यत्र लिन एम्बुलेन्स सरह निजि गाडीहरु भाडामा लिने गरि तयारी गरेको बताएका हुन् ।
कोरोना संक्रमित विरामीहरुको समस्यालाई मध्येनजर गरि जति बेला पनि सो गाडीहरुलाई तयारि अवस्थामा राखिएको जानकारि गराउनु भएको छ । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ दिन प्रतिदिन देशमा फैलिरहेको अवस्थामा बाजुरा जिल्लामा पनि मृत्यु हुनेको संख्या र संक्रमित हुनेको संख्या बढिरहेको छ । सो विषयलाई मध्येनजर गरि प्रेश युनियन जिल्ला शाखा बाजुराले आयोजना गरिएको प्रेश युनियनका अध्यक्ष प्रेम रौलेले बताए ।

विज्ञापन

सो बैठकमा बोल्दै नगर प्रमुख रावलले त्रिवेणी नगरपालिकाले कोरोना सम्वन्धि विभिन्न किसिमका कार्य गर्दै आएको बताउनु भयो । प्रमुख रावलका अनुसार नगरपालिकामा कोभिड अस्पताल संचालनको तयारी भईरहेको र सो अस्पतालको लागि जनशक्तिको पनि व्यवस्थापन भईरहेको जानकारि दिनु भयो ।

त्यस्तै प्रत्येक वडामा रहेका स्वास्थ्य चौकि मार्फत सचेतना मुलक कार्यक्रम गराउन वडा कार्यलयहरुलाई पनि जानकारि गराएको बताए । त्रिवेणीमा कोरोनाको जस्तो सुकै समस्या आएपनि त्यसको समाधान गर्न नगरपालिका हरपल तयारी अवस्थामा रहेको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार