होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ असोज। बाजुरा जिल्लाको पुर्विउत्तरी क्षेत्रका १ नगरपालिका सहित ३ गाउँपालिकाका मुख्य ३ वटा प्रमुख समस्याहरुको समाधान दशैं अगाडी नै गरिनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाईएको छ । नागरिक अधिकार संरक्षण केन्द्र कोल्टी बाजुराका अध्यक्ष सर्पलाल गिरीले कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहका नागरिकहरु विभिन्न सेवाबाट वन्चित भएको भन्दै […]
नागरिक रैबार। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाजुराले महिलाहरुको अधिकारका क्षेत्रमा संबिधानले प्रदान गरेका अधिकार सुनिश्चित नभएको भन्दै बाजुराका ९ वटै स्थानिय तहलाई एकै साथ ज्ञापन-पत्र बुझाएको छ । अनेमसंघ (क्रान्तीकारी) बाजुरा जिल्ला इन्चार्ज कमल कुमारी शाह र जलुदेवी रोकायाद्धारा हस्ताक्षरित ज्ञापन पत्र सोमबार इमेल मार्फत जिल्लाका ९ वटै स्थानीय तहलाई बुझाईएको छ । त्यस्तै […]
नागरिक रैबार/बाजुरा २२ भदौ। नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । सोमबारबाट सदरमुकाम मार्तडीमा बसेको प्रथम विस्तारित बैठकले गरेका निणर्यहरु मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष गगन रावलले पार्टीलाई व्यवस्थित गर्नका लागि विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमा बताएका छन् । उहाँका […]
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
नागरिक रैबार/बाजुरा २२ साउन । हिमाली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमेश बिकलाई भिरमाथिबाट खसेको ढुंगा लागेर वडा अध्यक्ष गम्भिर घाइते भएका छन् ।निर्माणाधिन स्वास्थ्य चौकीको अनुगमन गर्न गएको बेला भिरबाट खसेकोे ढुंगा लागेर घाइते भएका हिमाली गाउँपालिकाका रोजगार संयोजक बिर्खराज पाण्डेले बताएका छन । वडा अध्यक्षको टोली फैतीको स्वास्थ्य चौकीमा अनुगमन […]
नागरिक रैबार ६ साउन बाजुरा। बाजुरा जिल्ला हिमाली गाउँ पालिका वडा नं ०७ बाँधु माथिल्लो गाउँमा टोल कार्यसमिति गठन भएको छ ।नेपाली काङ्ग्रेसको भदौ १६ देखि १९ मा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै देशैभर काङ्ग्रेस महाधिवेशनमा जुटिरहेको छ । बाँधु वडा कार्यसमिति सभापति दिपचन्द्र उपाध्यायको अध्यक्षतामा बसेको बैठकले नरदिप तिमिल्सिना सभापति रहनेगरी काङ्ग्रेसको बिधान अनुसार […]
नागरिक रैबार/बाजुरा ४ साउन। जिल्लाको हिमाली गाउँपालिका १ की एकजना गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेकि वडा नम्बर १ कि ३५ बर्षिया पदमकला थापालाई सोमबार हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेतमा लगिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताएका छन् । आफन्तहरुले पदमकलालाई ब्यथा लाग्ने बित्तिकै गाउँकै बिच्छँया स्वास्थ्य चौकी थिए […]
बाजुरा । वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष धनलाल रोकायाले बताए । अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाउँपालिका १, […]
बाजुरा — गाउँमुनिबाट खनेको सडकले बस्ती भासिएपछि बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुई गाउँका १ सय ३७ परिवार विस्थापित भएका छन् । १६ दिनदेखि जंगलमा बसिरहेका उनीहरू कन्दमूलले छाक टार्दै ओडार र रूखको ओत लागेर रात काटिरहेका छन् ।हिमाली–४ को फैती गाउँका ४० र वडा ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका हुन् । सडक खनेपछि पहिरोले भासिएको बाजुराको हिमाली […]
मदन विक/बाजुरा १३ असार। जिल्लाको सदरमुकाम मार्तडी पछिको दोस्रो ठुलो बजारका रुपमा परिचित बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी बजारको मुहार फेरिदै गएको छ । बजारमा साँघुरो बाटो, जथाभावी पाईपलाईन, अव्यवस्थित ढलनिकास र हिल्लाम्मे सडकका कारण वर्षौदेखि अब्यबस्थित बजारका रुपमा चिनिएको कोल्टी बजारले यतिबेला मुहार फेर्ने तयारी गरेको छ । जिल्लाका पुर्वीउत्तरी क्षेत्रका ३ गाउँपालिका र […]
दुई वर्ष अगाडि अर्थात २०७६ जेठ ३१ गते “शान्ति, सुशासन, सम्वृद्धि र स्वाभिमान” भन्ने मुल नाराका साथ नागरिक रैबार डटकम अनलाईनको सुभारम्भ गरेका थियौं । लाटा घटाल मल्टिमिडिया प्रालिद्धारा संचालन हुने गरी नागरिक रैबार (www.nagarikraibar.com) बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका ९ माझगाउँमा प्रधान कार्यालयबाट संचालन संचालनमा रहेको छ । नागरिक रैबार डट कम पाठक, दर्शक […]
नागरिक रैबार/बाजुरा २३ जेठ। बाजुराको हिमाली गाउँपालिकाकि एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा हिमाली गाउँपालिका ५ कि ८१ बर्षिया महिला रहेकी छन् । लामो समय देखि दमको बिरामी भएकी महिलाको शनिबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन । दमको रोगले ग्रस्त भएकी […]
नागरिक रैबार/बाजुरा १६ जेठ। आर्थिक वर्ष २०७८/७९ का लागि केपि ओली नेतृत्वको सरकारले जेठ १५ गते (हिजो) सार्वजनिक गरेको बजेटमा बाजुराका ९ वटा स्थानीय तहहरुका लागि २ अर्व ६७ करोड बढी बजेट विनियोजन भएको छ। आगामी आर्थिक बर्षमा बाजुराका स्थानिय तहरुका लागि सरकारको अन्र्तर सरकारी वित्तिय हस्तान्तरण माफर्त २ अर्व ६७ करोड ४० लाख रकम […]
नागरिक रैबार/बाजुरा १६ जेठ। बाजुरा जिल्लामा न्यून रहेको कोरोना परिक्षणको दर बढाईने भएको छ । जिल्लाका ९ ओटै स्थानिय तहका गाउँ गाउँमा कोरोना भाईरस संग मिल्दो जुल्दो लक्षणका बिरामीहरु रहेको तर कोरोना पोजेटिभ देखिने डरले स्वास्थ्य सँस्था नजाने देखिएकोले गाउँ गाउँ टोलमै गएर परिक्षण गरिन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले […]
२२ बैशाख , बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ८ पुगेको छ भने एकको मृत्यु भएको छ । आज १ जना निको भएर डिस्र्चाज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ५३ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त […]
२० वैशाख, बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १४ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ६७ पुगेको छ । आज थप १४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बडिमालिका नगरपालिकामा १० जना बुढिनन्दा नगरपालिकामा १, बुढिगंगा नगरपालिकामा १ हिमाली गाउँपालिकामा १ र स्वामिकार्तिक […]
बाजुरा १८ बैशाख । बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्या ३८ पुगेको छ । आज थप २ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बुढिगंगा नगरपालिकामा १ र गौमुल गाउँपालिकामा १ गरी दुई जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन । जिल्लाका बडिमालिका […]
प्रकास विक/बाजुरा ५ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको सूरु हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आजबाट सदरमुकाम मार्तडीमा उक्त प्रतियोगिता हुन लागेको हो ।प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयहरु सहभागिता जनाउने आयोजक खेलकुद विकास समितिले बताएको छ । यस अघि पालिका स्तरीय रनिङ्ग सिल्ड प्रतियोगितामा […]
नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा कृषि ज्ञान केन्द्र बाजुराको अगुवाईमा १ लाख २५ हजार फलफूलका विरुवा रोपिएका छन् । गरिवी र अभावको जिल्लाको उपमा पाएको बाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले २०७७ साल लाई फलफूल रोपण वर्षका रुपमा घोषणा गरेसंगै जिल्लाभर १ लाख २५ […]
नागरिक रैबार/बाजुरा १८ फागुन। हिमाली गाउँपालिकाको विच्छ्यामा फोटो खिच्ने क्रममा लडेर गम्भिर घाईते भएका प्रेस युनियनका केन्द्रिय सदस्य पत्रकार दयाराम पंडितलाई थप उपचारका लागि हवाईजहाज मार्फत नेपालगंज लगिएको छ । आइतबार दिउसो पुर्वी उतरी भेगको हिमालि गाँउपालिका १ बिच्छाको घट्टेबगर खोलामा फोटो खिच्ने क्रममा लडेर गम्भिर घाइते भएका पत्रकार पंण्डितलाई मंगलबार दिउसो थप उपचारका लागी […]