होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • एमाले वडा अधिवेशन: बाजुराका ६२ वडामा सर्वसम्मत नेतृत्व चयन
बुढीनन्दा

एमाले वडा अधिवेशन: बाजुराका ६२ वडामा सर्वसम्मत नेतृत्व चयन

  • नागरिक रैबार
एमाले वडा अधिवेशन: बाजुराका ६२ वडामा सर्वसम्मत नेतृत्व चयन

नागरिक रैबार
बाजुरा १० कार्तिक। नेकपा एमाले बाजुराले बाजुराका ६९ मध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ ।
कार्तिक ६ गतेबाट सुरु भएको वडा अधिवेशनमा हालसम्म ६२ वडामा वडा कमिटी सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएकाे एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् । उहाँका अनुसार जिल्ला भरीका ६९ मध्ये ७ वटा वडामा अधिवेशन हुन बाँकी रहेका छन । बाँकि रहेका वडामा समेत भाेलिसम्म सकिने छन् ।
त्यस्तै एमालेले ३ वटा पालिकाकाे अधिवेशन समेत सम्पन्न गरेकाे छ । जसमा स्वामिकार्तिक खापर गाउँपालिका, खप्तडछेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिकामा पालिका अधिवेशन सर्वसम्मत सम्पन्न भएको हाे ।
अधिवेशन सम्पन्न भएका पालिकाहरुमा स्वामिकार्तिक खापरगाउँपालिकामा नवराज कटेल अध्यक्ष, नानीभाउँ बुढा उपाध्यक्ष, दिलबहादुर धामी सचिव, ढक्कराज शाही उप(सचिव, इन्दराज बुढा उप(सचिव, रहेको ६१ सदस्यीय पालिका कमिटी बनेको छ । खप्तड छेडेदह गाउँपालिका कमिटीमा गोपाल बुढा अध्यक्ष, चक्र रोकाया उपाध्यक्ष, बसन्त बुढा सचिव, दिर्घमति ओली उप(सचिव, केशव सार्की उप(सचिव रहेको ७५ सदस्यीय पालिका कमिटी बनेको छ ।
त्यस्तै बाँकी ६ वटा पालिका हिमाली गाउँपालिका कार्तिक १७ गते धुलाचौर, बुढीनन्दा नगरपालिकामा कार्तिक ११ कोल्टी शिवपार्क, बुढीगंगा नगरपालिकामा कार्तिक ११ फालासैन, गौमुल गाउँपालिकामा कार्तिक ११ घटमुना,
बडीमालिका नगरपालिकामा कार्तिक १२ खेलकुद कवर्ड हल मार्तडी र त्रिवेणी नगरपालिकामा कार्तिक १५ तोली देवलडाँडामा हुने एमाले बाजुराले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार