होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा कोरोना परिक्षण दर बढाउन टोलटोलमा गएर परिक्षण गरिदै
बाजुरा बिशेष

बाजुरामा कोरोना परिक्षण दर बढाउन टोलटोलमा गएर परिक्षण गरिदै

  • नागरिक रैबार
बाजुरामा कोरोना परिक्षण दर बढाउन टोलटोलमा गएर परिक्षण गरिदै

नागरिक रैबार/बाजुरा १६ जेठ। बाजुरा जिल्लामा न्यून रहेको कोरोना परिक्षणको दर बढाईने भएको छ । जिल्लाका ९ ओटै स्थानिय तहका गाउँ गाउँमा कोरोना भाईरस संग मिल्दो जुल्दो लक्षणका बिरामीहरु रहेको तर कोरोना पोजेटिभ देखिने डरले स्वास्थ्य सँस्था नजाने देखिएकोले गाउँ गाउँ टोलमै गएर परिक्षण गरिन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ट जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।

उहाँका अनुसार यो भन्दा पहिला एन्टिजेन किट अभाका कारण स्वास्थ्य संस्था आएर कोरोनाको लक्षण देखिएका बिरामीहरुलाई सिमित मात्र परिक्षण गर्ने गरिएको थियो ।अव यसलाई बढाएर सबै पालिकाकाको गाउँमै स्वास्थ्यकर्मी पठाएर परिक्ष गरिने पन्तले बताए ।

जिल्लामा सँघ र प्रदेशबाट ३ हजार २ सय एन्टिजेन किट बाजुरा पुुगेको र शनीबार र आईतबार नौ ओटै पालिकामा बितरण गरिएको छ ।
शनीबार पूूर्बी उत्तरी क्षेत्रका बुढीनन्दा नगरपालिकामा ५ सय हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउपालिकामा तीन सयका दरले किट पठाई सकेको पन्तले जानकारी दिएका छन ।

विज्ञापन

त्यस्तै जिल्लाका तल्लो क्षेत्रका बुढीगंगा, बडिमालिका, त्रिबेणी नगरपालिका, खप्तड छेडेदह र गौमुल गाउपालिामा आईतबार किट पठाउने तयारी भईरहेको बरिष्ट जनस्वास्थ्य अधिकृत्त पन्तले जानकारी दिएका छन् । एन्टिजेट किट लिएर स्वास्थ्यकर्मीहरुले घर घरमा जना त सम्भब नहोला तर गाउ गाउ टोल टोल गएर परिक्षणको ब्यबस्थाको लागि पालिकाका स्वास्थ्य संयोजकसंग समन्वय भएको पन्तले बताए ।

कोरोना परिक्षण गर्दा संक्रमित भएका विरामीको अवस्था हेरी होम आइसोलेसन, र स्थानीय तहका कोभिड अस्पताल र सो ठाउँमा पनि उपचार सम्भव नदेखिएमा जिल्ला अस्पलात पठाउन सुझाव दिएर टोल टोलमा स्वास्थ्यकर्मी खटाइएको पन्त बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार