होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका कुन स्थानीय तहमा कति बजेट हेर्नुहोस !
बुढीगंगा

बाजुराका कुन स्थानीय तहमा कति बजेट हेर्नुहोस !

  • नागरिक रैबार
बाजुराका कुन स्थानीय तहमा कति बजेट हेर्नुहोस !

नागरिक रैबार/बाजुरा १६ जेठ। आर्थिक वर्ष २०७८/७९ का लागि केपि ओली नेतृत्वको सरकारले जेठ १५ गते (हिजो) सार्वजनिक गरेको बजेटमा बाजुराका ९ वटा स्थानीय तहहरुका लागि २ अर्व ६७ करोड बढी बजेट  विनियोजन भएको छ।

आगामी आर्थिक बर्षमा बाजुराका स्थानिय तहरुका लागि सरकारको अन्र्तर सरकारी वित्तिय हस्तान्तरण माफर्त २ अर्व ६७ करोड ४० लाख रकम विनियोजन भएको हो। स्थानिय तहले पाउने समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान, समपुरक अनुदान गरी विभिन्न शिर्षकमा बजेट विनियोज गर्ने गरिन्छ ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये बुढीनन्दा नगरपालिकामा चालु तर्फ २८ करोड ५९ लाख र पुजिगत तर्फ २ करोड ४३ लाख गरी जम्मा ३१ करोड २ लाख, बडिमालिका नगरपालिकाका लागि चालु तर्फ २७ करोड ८६ लाख र पुँजीगत तर्फ ३ करोड १२ लाख गरी जम्मा ३० करोड ९८ लाख, त्रिवेणी नगरपालिकामा ३० करोड ९९ लाख चालु र ४ करोड ३८ लाख पुजिगत गरी ३५ करोड ३७ लाख र बुढीगंगा नगरपालिकामा चालु तर्फ ३२ करोड २३ लाख र पुजीगत तर्फ २ करोड ७९ लाख गरी ३५ करोड २ लाख रकम प्राप्त भएको छ ।

विज्ञापन

त्यस्तै गाउँपालका तर्फ हिमाली गाउँपालिकामा चालु तर्फ १९ करोड ६८ लाख र पुजीगत तर्फ २ करोड ७७ लाख गरी जम्मा २२ करोड ४५ लाख, स्वामीकार्तिक खापर गाउँपालिकामा चालु तर्फ २३ करोड ८० लाख र पुजीगत तर्फ ५ करोड ५३ लाख गरी २९ करोड ३३ लाख रकम विनियोजन गरिएको जनाइएको छ ।

त्यस्तै जगन्नाथ गाउँपालिकामा चालु तर्फ १७ करोड २१ लाख र पुजीगत तर्फ ३ करोड १ लाख गरी जम्मा २० करोड २२ लाख रकम, खप्तड छेडेदह गाउँपालिकामा चालु तर्फ ३१ करोड ५० लाख र पुजिगत तर्फ ३ करोड ८५ लाख गरी जम्मा ३५ करोड ३५ लाख रकम प्राप्त भएको छ । त्यस्तै गौमूल गाउँपालिकामा चालु तर्फ २० करोड ५६ लाख र पुजीगत तर्फ ७ करोड १० लाख गरी जम्मा २७ करोड ६६ लाख रुपैया प्राप्त भएको हो ।

जिल्लामा सवैभन्दा बढी रकम त्रिवेणी नगरपालिकामा जम्मा ३५ करोड ३७ लाख विनियोजन भएको छ भने कम रकम जगन्नाथ गाउँपाकिामा २० करोड २२ लाख रुपैया विनियोजन भएको छ ।

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार