होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीसहित जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।मंगलबार साँझदेखि परेको अविरल वर्षासंगै हिमपात भएपछि यहाँको जनजिवन कष्टकर बनेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको छ ।हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगतको आज अन्तिम दिन बाजुरा जिल्लामा विभिद् कार्यक्रम गरी समापन गरिएको छ ।घरबाटै सूरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ हरेक वर्ष नोवेम्बर २५ देखि डिसेम्वर १० सम्म यो अभियान देशभर मनाईदै आएको छ । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान बाजुरा […]
नागरिक रैबार बाजुरा २३ मंसिर जिल्लाकाे हिमाली गाउँपालिकाकाे वडा नम्बर ५ स्थित नन्दापाटाकाे एक घरमा आगलागी भएकाे छ ।नन्दपाटा निवासी बिर्ख सार्कीको घरमा आगलागी हुँदा लाखाैकाे सामाग्री जलेर नष्ट भएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । उहाँका अनुसार आगलागीबाट घरमा भएको सबै खाध्यन्न लुगाफाटो जलेर नस्ट भएको हाे । आगलागी पछि स्थानीयबासी […]
नागरिक रैबार बाजुरा २३ मंसिर कर्णाली करिडाेर सडकमा आज विहान मिनिट्रक दुर्घटना भएकाे छ । नेपालगन्ज बाट धुलाचौर आउँदै गरेकाे भे १ ख ३४६८ नम्बरकाे मालबाहक मिनिट्रक जगन्नाथ गाउँपालिकाकाे वडा नम्मर ६ स्थित काप्री नजिकै दुर्घटनामामा परेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ । काेल्टी प्रहरीका अनुसार मिनिट्रक चालक बाँके जिल्ला घर भएका मदन लाल […]
नागरिक रैबार बाजुरा २२ मंसिर जिल्लाकाे हिमाली गाउँपालिकामा जिपकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ । यसरी मृत्यु हुनेमा साेही गाउँपालिका ६ पाणिका विर्ख राेकायाका डेढ वर्षिया छाेरा अंकित राेकाया रहेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ । ईलाका प्रहरी कार्यालय काेल्टीका अनुसार जिप ब्याक गर्ने क्रममा पछाडीबाट ठक्कर दिएर बालक घाईते भएकाे र उपचारका […]
नागरिक रैबार/ बाजुरा २१ मंसिर । जिल्लाकाे हिमाली गाउँपालिकामा एक जना सुत्केरीको मृत्युु भएकाे छ । मृत्यु हुनेमा साेही गाउँपालिका ४ कि २१ वर्षिया गंगा चंदारा रहेकी छन् । उनकाे अत्याधिक रक्तस्रावका कारण मृत्यु भएकाे गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाका अनुसार गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तश्रावपछि मृत्यु भएकाे हाे । घरमै बच्चा जन्माएकि […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। कोल्टी क्षेत्रमा यस वर्ष समयमै खाद्यन्न ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको छ । वर्षेनी खाद्य संकट व्यहोरीरहेको कोल्टी क्षेत्रमा यस वर्ष समयमै चामल ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको हो । यस अघि कोल्टी क्षेत्रमा चामल ढुवानी गर्ने ठेकेदारहरुले समयमै ढुवानी नगर्दा त्यस क्षेत्रमा खाद्यन्न संकट हुँदै आएको […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। जिल्लाको हिमाली गाउँपालिकाले पनि पालिका भित्रका सवै वडामा भव्यताका साथ लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान मनाई रहेको छ । “घरैबाट सुरु गरौ, नारी हिंसा अन्त्य गरौ“ भन्ने नाराका साथ हिमाली गाउपालिकाले प्रत्येक वडामा विभिन्न कार्यक्रम गरेर उक्त अभियान मनाईरहेको छ । बुधबार हिमालीको वडा न.-६ पाँडीमा वडा भित्रका महिलाहरुको सहभागितामा […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बाजुरा जिल्लाका ग्रामिण सडकमा संचालन हुँदै आएका जीप व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादरमा गाडी नचलाउने निर्णय गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जीप व्यवसायीहरुले प्रशासनले निर्धारण गरेको भाडादरमा जिल्लाका कुनैपनि स्थानमा गाडी नचलाउने निणर्य गरेको हो । यस अघि कार्तिक २२ गते जिल्ला प्रशासन कार्यालय […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिबेशनका लागि बाजुरामा सहमतिका साथ प्रतिनिधि चयन गरिएको हो । नेताहरुविच ४ दिन अघि देखिको निरन्तर सहमतिको प्रयासपछि आज एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। जिल्लाकाे हिमाली गाउँपालिकाकाे वडा नम्बर ७ काे बाँधु बगरमा जीप दुर्घटना भएकाे छ । काेल्टीबाट हिमाली गाउँपालिकाकाे धुलाचाैर जाँदै गरेकाे भे १ ज १०४६ नम्बरकाे जीप विहिबार दिउसाे ४ बजेतिर दुर्घटना भएकाे हाे । दुर्घटनामा परि जिपमा सवार १२ जना घाइते भएकाे स्थानीय प्रत्येक्ष दर्सि विर्ख एल आरले बताएका छन् । उहाँका […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। बाजुरा जिल्लामा आएको बेमौसमी वर्षाले दुई करोड भन्दा बढीको अन्न बालीमा क्षति गरेको कर्षि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । असोज ३१ गते परेको अविरल वर्षाका कारण जिल्लाको तीन सय ९२ हेक्टर क्षेत्रफलमा लगाएको ९ सय ४० मेट्रीक टन धान र कोदो बालीमा २ हजार २ सय ९ कृषकहरुको क्षति पु¥याएको […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराको जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायलाई जानकारी गराउन अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराईएको छ । “हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार बाजुरा १० कार्तिक। नेकपा एमाले बाजुराले बाजुराका ६९ मध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ । कार्तिक ६ गतेबाट सुरु भएको वडा अधिवेशनमा हालसम्म ६२ वडामा वडा कमिटी सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएकाे एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् । उहाँका अनुसार जिल्ला भरीका ६९ […]
नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेकपा एमालेले देशभरका सबै वडाहरूमा आज एकसाथ वडा अधिवेशनको आयोजना गर्दैछ ।देशभरका ६ हजार सातसय ४३ वटा वडामा नयाँ नेतृत्व चयनका लागि एमालेले आज सवै वडामा एकसाथ वडा अधिवेशन गर्न लागेको हो । एमालेले देशभरका बाढी पहिरोले क्षती पुगाएका जिल्ला बाहेकका ठाउँहरुमा आज वडा अधिवेशन गर्ने तयारी गरेको भएपनि बाजुरामा केही […]
नागरिक रैबार/बाजुरा १ कात्तिक । बाजुरामा आईतबार साँझबाट परेको अविरल बर्षाका कारण पाकेको धानवाली नष्ट पारेको छ । खेतमा पाकेको धान भित्र्याउने बेला परेको अविरल वर्षाका कारण धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढालेको छ । पाकेको धान भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि दैनिक […]
नागरिक रैबार/बाजुरा १२ असोज । नेपाली काँग्रेस बाजुराका ९ वटै स्थानीय तहमा पालिकाहरुको अधिवेशन गत शनिवार बाट सूर भएर आज मंगलबार सम्पन्न भएको छ । पालिका स्तरमा भएको अधिवेशनबाट बुढिनन्दामा डबल बहादुर खड्का, हिमालीमा अम्मलाल कार्की, जगन्नाथमा सुन्दर बहादुर बिष्ट, स्वामिकार्तिक खापर महेश कट्टेल, गौमुल राज बहादुर धामी, बुढीगंगा जयराज उपाध्याय खप्तड क्षेडेदहमा हर्क बहादुर […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेनको लागि सोमबारसम्म ७ पालिकाले नेतृत्व पाएको छ । शनिबारबाट सुरु भएको पालिका अधिवेशनमाबाट आइतबार ७ पालिकाले नेतृत्व चयन गरेको छ । सोमबार पुर्वी उत्तरी भेगको हिमाली गाँपालिकाको गाउँ कार्य सभापतिमा अम्मलाल कार्कीलाई सर्वसम्मत चयन गरिएको छ । कार्कीको नेतृत्वमा ४२ सदस्यीय पालिका कार्य समिति पदाधिकारीलाई […]