होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा खाद्य अधिकारका सवालको पहिचान गर्न अन्तरक्रिया
समाचार

बाजुरामा खाद्य अधिकारका सवालको पहिचान गर्न अन्तरक्रिया

  • नागरिक रैबार
बाजुरामा खाद्य अधिकारका सवालको पहिचान गर्न अन्तरक्रिया

नागरिक रैबार/बाजुरा १३ कार्तिक। बाजुराको जिल्लामा खाद्य अधिकारका सवालहरुको पहिचान गर्न सरोकारवाला निकायविच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्लामा खाद्य अधिकारका सवालहरुलाई प्रमुख विषय बनाएर सरोकारवाला निकायलाई जानकारी गराउन अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराईएको छ ।

“हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि , पर्यावरण संरक्षण र जनजिबिकामा समृद्धि“ भन्ने नाराका साथ कृषि ज्ञान केन्द्र बाजुराको आयोजना र जिल्लास्थित विभिन्न गैरसरकारी संस्थाको समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रम मार्तडीमा गरिएको हो ।

विज्ञापन

कार्यक्रममा जिल्लामा खाद्य सुरक्षाको अवस्था, चुनौति र अवसरका बिषयक छलफल गरिएको थियो । कार्यक्रममा उपस्थित भएका सरोकारवाला निकायले जिल्लामा खाद्य अधिकारको सवालमा विषेश गरी राज्यले आवश्यक लगानी गर्न आवश्यक रहेको बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा जिल्लाका १० जना गरिव, विपन्न र वाढि प्रभावित परिवारलाई प्रति परिवार रू २५०० का दरले खाद्यान्न समेत सहयोग गरिएको थियो ।

May be an image of 3 people, people standing and indoor

त्यस्तै बाजुरा जिल्लामा कृषिको क्षेत्रको समग्र विकासमा योगदान पुर्याएको भन्दै जिल्ला खाद्य अधिकार संजाल बाजुराले निवर्तमान कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमख गोविन्द सिजापतिलाइ सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो ।

May be an image of 3 people and people standing

४१ औं विश्व खाद्य दिवस २०७८ को अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रम कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख हरी पनेरुको अध्यक्षतामा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय लाल बहादुर थापा, विशिष्ट अतिथि बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल रहेका थिए । कार्यक्रमको संचालन कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले गरेका थिए ।

May be an image of 3 people, people sitting and people standing

कार्यक्रममा जिल्लास्थित ५० बढी सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार