होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमाली- ६ मा पनि लैङिक हिँसा विरुद्धको १६ दिने अभियान मनाइयो
समाचार

हिमाली- ६ मा पनि लैङिक हिँसा विरुद्धको १६ दिने अभियान मनाइयो

  • नागरिक रैबार
हिमाली- ६ मा पनि लैङिक हिँसा विरुद्धको १६ दिने अभियान मनाइयो

नागरिक रैबार/बाजुरा १६ मंसिर। जिल्लाको हिमाली गाउँपालिकाले पनि पालिका भित्रका सवै वडामा भव्यताका साथ लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान मनाई रहेको छ ।
“घरैबाट सुरु गरौ, नारी हिंसा अन्त्य गरौ“ भन्ने नाराका साथ हिमाली गाउपालिकाले प्रत्येक वडामा विभिन्न कार्यक्रम गरेर उक्त अभियान मनाईरहेको छ ।
बुधबार हिमालीको वडा न.-६ पाँडीमा वडा भित्रका महिलाहरुको सहभागितामा महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम गरिएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा वडामा रहेका महिलाहरुलाई महिला हिँसा बारे जनचेतना दिईएको थियो । महिलाहरुले १६ दिने अभियानलाई सफल पार्न विभिन्न टोलबाट महिलाहरु जम्मा भएर महिलाहिंसा रोकौ, नारी हिँसा रोकौ जस्ता नारा लगाएर गाउँ परिक्रमा गरेका थिए ।
दाना उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अथिती हिमाली गाउपलिकाकी उपा-अध्यक्ष चन्द्रादेबि बुढा रहेकी थिईन् । कार्यक्रममा बिशिस्ट अथिती हिमाली गाउपालिका वडा न.७ का वडा सदस्य गोर्ख बहादुर रोकाया र प्रदेश प्रतिनिधि प्रबलाल भण्डारी अथिती नेपाली काङ्ग्रेस वडा कार्य समिति सभापति अम्मर रावल, हिमाली गाउपालिका वडा न.-६ कि वडा महिला मञ्च अध्यक्ष बुन्नी रोकाया, आईएन एफ सस्थाका सामाजिक परिचालक प्रमिला अधिकारी लगायत रहेका थिए । कार्यक्रमको संचालन रमिला रावलले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार