होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० असोज। मदिरा सेवन गरि गाडी चलाउने एकजना चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार मार्तडीबाट नेपालगंजका लागि छुटेको ना ६ ख २०५९ नम्बरको भेरी यातायातका बसचालक विष्णु घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगतको राप्कामा प्रहरीले सवारी साधान चेकजाँच गर्ने क्रममा बसचालक घिमिरेलाई पक्राउ […]
नागरिक रैबार/बाजुरा ९ असोज। राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेले युवालाई उद्यमसिल बनाउन सरकारले आवश्यक लगानी गर्न आग्रह गरेका छन् । विहिबार बडीमालिका नगरपालिकाले मार्तडीमा आयोजना गरेको प्रथम युवा सम्मेलनमा बोल्दै नेता पाण्डेले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले यहाँका उद्यमशिल युवाहरुका योजनामा धेरै भन्दा धेरै लगानी गर्न आवश्यक रहेको बताएका […]
नागरिक रैबार/बाजुरा ८ असोज।बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन बुधबारबाट सूरु भएको छ ।स्थानीय उत्पादन प्रयोगमा तत्परता, सम्वृद्धिका लागि उद्यमशीलता भन्ने मुल नाराका साथ मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन सूरु भएको हो । बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा युवा शसक्तिकरण परियाेजना र सेभ द चिल्ड्रेन, युनेस्को, युएनफपिए, युएन बुमन र मनकामना टे«निङ एण्ड […]
नागरिक रैबार/बाजुरा २९ भदौ। शनिबार राति अनन्तेमेलामा मदिरा सेवनगरी प्रहरीमामाथि हातपात गर्ने पाँच जना कर्मचारीहरुलाई प्रहरीले मुद्धा दायर गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यलयले उभियुक्त पाँच जनाका नाममा सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा दायर गरेको हो । बडीमालिका नगरपालिका ८ मा लाग्ने अनन्ते मेलाको दोस्रो दिन सुुरक्षाका लागि खटिएका प्रहरी सहायक निरिक्षक मानबहादुर चन्द […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा जारी अनन्ते मेलामा मदिराले मात्तिएका कर्मचारीहरुको कुटाईबाट शक्त घाईते बनेका प्रहरी सहायक निरिक्षक मानबहादुर चन्दलाई थप उपचारका लागि धनगढी लगिएको छ । शनिबार साँझ मार्तडीमा लागेको अनन्ते मेलाको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरिक्षक चन्द नेतृत्वको प्रहरीको टोलीलाई राष्ट्रिय बाणिज्य बैकमा बाजुरा शाखामा कार्यरत अमृत्त बोहरा र केशब गिरी, […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा जारी अनन्ते मेलालाई भाड्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडीमालिका नगरपालिकाका सव इन्जिनियर गोरख थापा, मेरिस्टोप सेन्टर सस्थामा कार्यरत धनि थापा, राष्ट्रिय बाणिज्य बैकमा कार्यरत अमृत बोहरा, केशव गिरी र जिल्ला सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी हरी शंकर जोशी रहेका छन् । उनीहरु […]
नागरिक रैबार/बाजुरा २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन अघि धनगढीमा बसेको नेकपा सुदूरपश्चिम कमिटीको बैठकले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले […]
नागरिक रैबार/भाद्र २६ बाजुरा। जिल्ला अस्पताल बाजुरामा एक महिनामा दुई सुत्केरी महिलाको अकाल मै मृत्यु भएको छ । भदौ ७ गते बडीमालिका नगरपालिका वडा नं. ७ जिल्लीकि २१ वर्षीया बसन्ती नेपालीको मृत्यु भएको थियो । बसन्ती मृत्यु भएको १८ दिनपछि पुनः भदौ २५ गते साँझ बुढीनन्दा नगरपालिका वडा नं १० कि ३५ वर्षिया निर्मला बोहोराको […]
नागरिक रैबार/बाजुरा २५ भदाै। बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. १० पाण्डुसेनकि ३५ वर्षिया निर्मला बोहराको सुत्केरी भईसकेपछि उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको छ । बुधबार साँझ पौने ६ बजे जिल्ला अस्पताल बाजुरामा सुत्केरी भईसकेपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको उपचारमा सलग्न जिल्ला अस्पताल बाजुरा डाक्टर दुर्गाराज महर्जनले बताएका छन् । सुत्केरी बोहराले […]
नागरिक रैबार/बाजुरा २५ भदौ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ सिराडीका २४ वर्षिया मानसिक रोगबाट पीडित बनेका देबेन्द्र सुनारको उपचारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराले आर्थिक सहयोग गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक जनकराज ढुंगानाले पिडित बनेका सुनारका बुवा गोल सुनारलाई नगद १० हजार आर्थिक रकम सहयोग […]
नागरिक रैबार/बाजुरा २४ भदौ । नेपाली सेनाले विपद्बाट जोगिनका लागि पुर्व अभ्यास गराएर सचेतना फैलाएको छ । मंगलबार समरजित गुल्मले विपद्बाट कसरी जोगिने ? विपद्मा परिहालेमा कसरी उद्धार गर्ने विपद् व्यवस्थापन कसरी गर्ने ? भन्ने बिषयमा द्धावारिका प्राविका शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई विपद् बाट जोगिन पुर्व अभ्यास गराएको हो । विपद् बाजा बजाएर आउदैन, तर […]
राजेन्द्र बिक/ बाजुरा २० भाद्र। बडिमालिका नगरपालिका भित्रका ८ ओटा माद्यमिक विद्यालय १७ ओटा आधारभूत गरि जम्मा २५ वटा बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा बिद्यालय स्तरीय योजना तर्जुमा कार्यशाला बडिमालिका नगरपालिकाको सभाहल मार्तडीमा सम्पन्न भएको छ । विहिबार सम्पन्न भएकाे कार्यशालामा प्रधानाध्यापकहरुलाइ आआफ्नो बिद्यालयको समस्या पहिचान गरि त्यस समस्याको समाधान गर्न आबश्यक पर्ने कृयाकलापको बार्षिक योजना बनाउन […]
नागरिक रैबार/बाजुरा १९ भदौ। बडीमालिका नगरपालिका २ घागरका २० वर्षिया चक्र महत । उनी एक सामान्य परिवारमा जन्मेका युवा हुन् । उनको परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनले जेनतेन एसएलसी सम्मको अध्ययन गरे । एसएलसीसम्मको अध्ययन पछि वेरोजगारी समस्याले घरमै बसेका महतमा केही गर्नुपर्छ भन्ने मनमा भावना जाग्यो । तर उनीसंग केही गर्नका लागि घरको […]
नागरिक रैबार/बाजुरा १८ भदौ।बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका ईङ्गिलस बोर्डिङ्ग स्कुलका एकजना शिक्षकले बालकलाई शक्त घाईते बनाएका छन् । कक्षा १ मा अध्ययनरत त्रिवेणी नगरपालिका वडा नं. ९ का कृष्णा थापाका अन्दाजी ८ वर्षिया बालक पविन्द्र थापालार्ई शिक्षकले कुटपिट गरेका हुन । बुधबार कक्षा संचालन भईरहेका बेला गृहकार्य नगरेको भन्दै बालक थापालाई विद्यालयका शिक्षक मानसिह खड्काले पाईपको […]
नागरिक रैबार/बाजुरा १७ भदौ। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला खेलकुदको कवर्ड हलमा देउडा खेल सुरु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ९ कि वडा सदस्य देउडा खेलाडी सुना बिक र गौमुल गाउँपालिकाका १ अम्लिसका युवा देउडा खेलाडी भुवन रोकाया विच घम्साघम्सी चलिरहेको छ । पछिल्लो समय लोप […]
नागरिक रैबार/बाजुरा १७ भदौ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ गैरीबजारका २४ वर्षिया लालबहादुर विक भारतको दिल्लीस्थित रानीवाग महेन्द्र पार्कबाट सोमबार बेपत्ता भएका छन् । टाउकोको उपचारका लागि डेढसाता अघि मात्र बाजुराबाट भारत गएका विक सोमबार दिल्लीस्थित महेन्द्रपार्कबाट एकाएक बेपत्ता भएको उनका आफन्त रोहित चंदाराले बताएका छन् । आफन्त चंदाराका अनुसार विक सोमबार दिउसो ४ […]
रामबहादुर विक/ बाजुरा १५ भदाै । तीजको अवसरमा बडीमालिका नगरपालिका ७ सिराडी गाउँमा सरसफाई गरिएको छ । आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र दिसा मुक्त सफा सुन्दर गाँउ बनाऔं भन्ने उद्देश्यका साथ बडिमालिका नगरपालिका वडा नं ७ सिराडीमा सरसफाई कार्यक्रम गरिएको हो । बडीमालिका नगरपालिकाको निणय अनुसार शनिबार नगरकार्यपालिका सदस्य धनमती […]
नागरिक रैबार/बाजुरा १२ भदौ। बुधबार राति परेको अविरल वर्षाका कारण खारगाणा खोलाको बाढीले कटान गर्न थालेपछि बडीमालिका नगरपालिका वडा नं ८ गणखेतमा रहेको ऐडीबाणाको सिंगो बस्ती नै जोखिममा परेको छ । खोलामा आएको बाढीका कारण बस्तीको मुनिबाट निरन्तर कटान सूरु गरेपछि बस्तीमा रहेका १८ घरधुरीका घरहरु जोखिममा पर्दै गएका हुन् । प्रत्यके वर्ष वर्षातको समयमा […]
मदन विक/बाजुरा ११ भदौ। नजिकिदै गरेको तीज पर्वलाई लक्षित गरेर आयोजना गरिएको तीज अवार्ड २०७६ मा बाजुराका राजेश कुमारलाई सवोत्कृष्ट भिडियो सम्पादकको विधामा अवार्ड प्रदान गरिएको छ । प्राईम टाइम्स टेलिभिजन र प्रियसी म्युजिक प्रालिको व्यवस्थापनमा बुधबार काठमाण्डौंमा सम्पन्न भएको उक्त अवार्डमा राजेश कुमारलाई “माईतिमा जाउँ कसरी जाउँ” बोलको तीज गीतबाट सर्वोत्कृष्ट तीज भिडियो सम्पादकको […]
नागरिक रैबार/बाजुरा ८भदौ। बाजुरा जिल्ला अस्पतालमा शनिबार विहान सुत्केरी महिलाको ज्यान गएको छ । तीन दिन अघि प्रसुती गराउन जिल्ला अस्पतालमा आएकी बडीमालिका नगरपालिका वडा नं. ७ कि २१ बर्र्षीया बसन्ती नेपालीको शनिबार विहान अस्पतालको शैयामा मृत्यु भएको थियो । आईतबार प्रमुख जिल्ला अधिकारी सहित अन्य सरोकारवाला निकाय र मृतकका आफन्तहरुको छलफलका क्रममा स्वास्थ्यकर्मीहरुले विरामीको […]