होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • चिसो छल्न विद्यार्थीलाई टोपी र मोजा वितरण
शिक्षा

चिसो छल्न विद्यार्थीलाई टोपी र मोजा वितरण

  • नागरिक रैबार
चिसो छल्न विद्यार्थीलाई टोपी र मोजा वितरण

नागरिक रैबार/बाजुरा १९ मंसिर। बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेस्थि सरस्वति आधारभुति विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसो छल्नका लागि टोपी र मोजा वितरण गरिएको छ ।

बडीमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वय र समाजसेवी दयाराम अग्रवालको सहयोगमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसो छल्नका लागि टोपी र मोजा वितरण् गरिएको हो ।

विज्ञापन

बडीमालिका नगरपालिका ७ ढम्कनेमा अत्याधिक चिसो हुने भएकाले विद्यार्थीहरुको पढाईमा बाधा नपुगोस चिसो सिजनमा पनि विद्यालयमा निरन्तर जाउन भन्ने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई टोपी र मोजा सहयोग गरेको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

यस अघिका वर्षहरुमा चिसोकै कारण विद्यालयमा विद्यार्थीहरु अनुपश्ति हुने गरेका थिए ।  यो वर्षको चिसोयाममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि टोपी र मोजा सहयोग भएपछि विद्यालयमा विद्यार्थीहरुको सहभागिता  निरन्तर हुनेछ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर धामीले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार