होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • न पानी सप्रियो न नगरपालिकाको बानी सप्रियो
समाचार

न पानी सप्रियो न नगरपालिकाको बानी सप्रियो

मार्तडीमा फेरी खानेपानीको हाहाकार

  • नागरिक रैबार
न पानी सप्रियो न नगरपालिकाको बानी सप्रियो

नागरिक रैबार/बाजुरा २ पुस। सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार भएको छ । विगत देखि खानेपानीको समस्या झेल्दै आएका सदरमुकामबासी फेरि पनि खानेपानी पिउनबाट बन्चित भएका छन् ।

बडीमालिका नगरपालिकाले मार्तडीको खानेपानी व्यवस्थित गर्ने भनेको वर्षौ भईसक्यो तर मार्तडीबासीका लागि नत अहिलेसम्म नियमित पानी आउँछ नत आईरहेको पानी व्यवस्थित भएको छ स्थानीयहरुले गुनासो गर्ने गरेका छन् ।

दुई हप्तादेखि मार्तडीमा खानेपानीको सङ्कट बढ्दै गएको छ । धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा र बजारबासी काकाकूल बन्दै गएका छन् ।

विज्ञापन

बडीमालिका नगरपालिकाले निमार्ण गरेका ४ वटा ठुला खानेपानीका ट्याङ्गकी निर्माण भईसकेका भएपनि सदरमुकाममा भने खानेपानी प्रयाप्त मात्रामा पुगेको छैन् ।

खानेपानी लिनकै लागि अहिले सदरमुकाम बासीहरुले कुवाको पानीका लागि घण्टौँ लाईनमा बस्नु पर्ने बाध्यता रहेको छ ।
आफुहरुले खानेपानीको प्रबन्ध मिलाउन पटक–पटक नगरपालिकालाई आग्रह गरेका भएपनि छिट्टै समस्या समाधान गछौँ भनेर टार्ने गरेको स्थानीय धर्म रोकायाले आक्रोश व्यक्त गरेका छन् ।

जिल्लाकै जेठो भनेर परिचित नगरपालिकाको हालत देख्दा स्थानीय चकित भएका छन् । खानेपानीको लागि नै घण्टौँ लाग्ने भम्क, पाल्त, थापाबाडा लगायतका ठाउँबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

यता बडीमालिका नगरपालिले भने खानेपानीलाई व्यवस्थित गर्ने बृहत योजना बनाएर अघि बढेको भएपनि समयमै व्यवस्थापन गर्न सकेको छैन् ।

पटक–पटक खानेपानी व्यवस्थित गर्ने योजना नगरले गरेको भएपनि हालसम्म पनि सकिरहेको छैन् । जनप्रतिनिधिकै डोजरले सडक निर्माण गर्ने क्रममा खानेपानीका लाईनहरु क्षतविक्षेद बनाएर यत्रतत्र बनाएको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै