होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • रतुडाका पाँचवटा सार्वजनिक छाउगोठ भत्काईए
Breaking News

रतुडाका पाँचवटा सार्वजनिक छाउगोठ भत्काईए

  • नागरिक रैबार
रतुडाका पाँचवटा सार्वजनिक छाउगोठ भत्काईए

नागरिक रैबार/बाजुरा २८ पुस। बडीमालिका नगरपालिका वडा ८ स्थित रतुडामा रहेका पाँचवटा सार्वजनिक छाउ गोठ भत्काईएका छन् ।

बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावल र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाको नेतृत्वमा गएको टोलीले आईतबार उक्त ठाउँका सार्वजनिक छाउगोठ भत्काएका हुन् ।

यस अघि रतुडामा ४० देखि ४५ घर परिवारका महिलाहरुले महिनावारी भएको बेला पाँचवटा सार्वजनिक छाउगोठ प्रयोग गर्दै आएका थिए । छाउपडी गोठ प्रयोग गर्ने र गराउने स्थानीय व्यक्तिहरूलाई कानुनी कारवाही र छाउगोठमा बस्दा हुने समस्या सम्बन्धि जानकारी समेत गराईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सोही दिन ईलाका प्रहरी कार्यालय स्वामीकार्तिक र सोही ठाउँका स्थानीयको सक्रियतामा स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. ३ जुकोट र ४ फैतामा १२ वटा छाउपडी गोठ भत्काईएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार