होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी–गौमुल जोड्ने सडक कालोपत्रे हुँदै
समाचार

मार्तडी–गौमुल जोड्ने सडक कालोपत्रे हुँदै

  • नागरिक रैबार
मार्तडी–गौमुल जोड्ने सडक कालोपत्रे हुँदै

नागरिक रैबार/ बाजुरा १४ मंसिर।सदरमुकाम मार्तडीदेखी गौमुल जोड्ने ग्रामिण सडक कालोपत्रे गरिने भएको छ । इन्कुलुटिङ्ग धुलीखेल ग्याल्बा श्याम एण्ड शंकर जेवी निर्माण सेवाले उक्त सडक यसै एक वर्षभित्र कालोपत्रे गर्ने भएको हो । सडकको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले शनिबार उद्घाटन् गरेका हुन् ।

मार्तडी गौमुल जोड्ने सडक अन्तरगत ६ किलोमिटर भौनेरा सम्मको सडक कालोपत्रे हुने भएको छ । सदरमुकाम मार्तडीबाट गौमुल जोड्ने सडक बडीमालिका नगरपालिका भौनेरा सम्म १५ करोड ८३ लाख ७२ हजार ७ सय ६८ रुपियाको लागतमा सडक कालोपत्रे हुन लागेको हो । गौमुल मार्तडी जोड्ने सडक ६ किलोमिटर सडक खण्ड कालोपत्रे गर्न शनिबार मन्त्री शाहले रिवन काटेर उद्धघाटन् गरेका थिए ।  सदरमुकाम मार्तडीबाट गौमुल जोड्ने ग्रामिण सडक निर्माण सम्पन्न भएपछि ग्रामीण क्षेत्रसम्म सदरमुकाममा आवत जावत गर्न सहज हुनेछ ।

विज्ञापन

सडक उद्धघाटन् कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले प्रदेश सरकारले हालसालै ल्याएको बजेट जनताको आवश्यकता र सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेको बताए । मार्तडी कोल्टी सडक खण्ड अन्तरगतको १४ किलोमिटर सडक पनि यसै वर्ष कालोपत्रे गरिने मन्त्री शाहले बताएका छन् । मार्तडी कोल्टी सडक खण्ड कालोपत्रे गर्न कम्पनीमा २३ करोड ५६ लाख बजेटको सम्झौता भएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार