होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोर्ध शहरि स्वास्थ्य केन्द्रमा तालाबन्दी
समाचार

कोर्ध शहरि स्वास्थ्य केन्द्रमा तालाबन्दी

  • नागरिक रैबार
कोर्ध शहरि स्वास्थ्य केन्द्रमा तालाबन्दी

राजेन्द्र बिक/ बाजुरा १४ मंसिर । जिल्लाको बडिमालिका नगरपालिका वडा न.६ कोर्धमा रहेको शहरी स्वास्थ्य केन्द्र मा पुर्व सहमती कार्यान्वयन नगरेको भन्दै भवन स्थलमा रहेको जग्गा धनी लगायत स्थानिय दलित समुदायका व्यक्तिहरुले शविबार तालाबन्दी गरेका छन् ।

स्वास्थ्य केन्द्र को भवन बनाउने बेला मलाइ कार्यालय सहयोगी बनाउंला भनी सहमती गर्दा मैले निशुल्क जग्गा दिएको तर अहिले भ्याकेन्सी नै नगरी राजनितीक आस्थाका आधारमा फरक भनेर अर्कै मान्छेलाइ नियुक्ति दिएपछी तालबन्दी गर्न बाध्य भएको जग्गा मालिक सुरेन्द्र मिजार ले बताउनुभएको छ ।

वडा अध्यक्ष कला देवि बडुवालको प्रत्यक्ष हात रहेको उनले आरोप लगायका छन् । यता वडा अध्यक्ष कला देवि बडुवाल ले आफू अध्यक्ष भैसकेपछि सबै को साझा भएकाले आफुले राजनिती पुर्वाग्रह राखेर कुनै काम गर्ने नगरेको र कार्यालय सहयोगी नियुक्ति भएको भन्ने आफुले सुनेको तर त्यो

विज्ञापन

प्रक्रिया मा आफू संग्लग्न नभएकोले त्यो सम्बन्धि आफुलाइ कुनै जानकारी नरहेको र पहिले भवन बन्दा के सहमति भएको थियोे ।
त्यो पनि आफुलाइ थाहा छैन स्वास्थ्य ब्यबस्थापन समितिले पनि यो कुरा आफुलाइ जानकारी नगराएको अध्यक्ष बडुुवालले भन्नुभएको छ ।आज तालाबन्दी गरेको २ दिन भैइसकेकाले स्वास्थ्य सेवा बाट वडाबासी बन्चित छन् ।

आफु यो बिषयमा गम्भीर रहेकाले छिटो ताला खोलाउन पहँल गर्ने उहाँको भनाइ रहेको छ । दलित समुदाय का अगुवा धनी मिजार का अनुसार आफुलाइ दलित भएकै कारण वडा अध्यक्ष ले शोषण गरेर हेपेको छलफल गरेर सहमती खोज्न वडा अध्यक्ष गम्भीर नभएको दुखेसो पोखेका छन् । आफ्नो माग पूरा नभय सम्म ताला नखोलिने उनको भनाइ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार