होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • क्रिएटर जोन एकेडेमीमा सिसि क्यामरा जडान
सूचना-प्रविधि

क्रिएटर जोन एकेडेमीमा सिसि क्यामरा जडान

  • नागरिक रैबार
क्रिएटर जोन एकेडेमीमा सिसि क्यामरा जडान

नागरिक रैबार/बाजुरा १८ मंसिर। बाजुराको सदरमुकाम मार्तडीस्थित एक निजी विद्यालयले विविआर सिसि क्यामरा जडान गरेको छ । बडीमालिक नगरपालिका ९ दुनीहाटबहादुरमा अवस्थित क्रिएटर जोन एकेडेमीले विद्यालयमा विविआर सिसि क्यामरा जडान गरेको हो ।


विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुको क्रियाकलापको चेकजाँच तथा निगरानी गर्न विद्यालयको हाता भित्रको सुरक्षाका लागि विद्यालयको भवनको चार तलाको ग्यालरीमा ४ वटा र विद्यालयको खेलमैदानको निगरानीका लागि ३ वटा गरी ७ वटा विविआर सिसि क्यामरा जडान गरिएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल तथा संचाकल मिनबहादुर कार्कीले बताएका छन् ।


क्रिएटर जाने एकेडेमीले विद्यालयमा प्रविधिको विकासलाई प्रयोग गर्नका लागि विद्यालय परिसरभित्र सिसि क्यामेरा जडानसंगै विद्युतीय हाजिरी मेशिन समेत जडान गरिएको छ । शिक्षकलाई जिम्मेवार बनाउन र विद्यार्थीहरुलाई अनुशासनमा राख्न समेत सिसि क्यामरा जडानले मद्दत पुग्ने क्रियटर जोन एकेडेमीका प्रिन्सिपल तथा संचालक कार्कीले बताएका छन् ।

विज्ञापन


विद्यालयमा सिसि क्यामेरा र विद्युतीय हाँजिरी जडान भएसँगै विद्यालयको शैक्षिक सुधारमा पनि टेवा पुग्ने आशा लिएको विद्यालयका व्यवस्थापक मानबहादुर कार्कीले बताएका छन् ।
बाजुरा जिल्लामा निजि मध्येकै उत्कृष्ठ विद्यालय स्थापित गर्नका लागि विद्यालयले विभिन्न शैक्षिक सामाग्री व्यवस्थापन, पुस्तकालय व्यस्थापन, कम्प्युटर कक्षा सञ्चालन लगायतका त्रियाकलापहरुमा जोड दिएर अघि बडीरहेको छ ।


वि.स. २०६८ सालमा नर्सरी देखि कक्षा ५ सम्मको अनुमति लिएर संचालन गरेको सो विद्यालयले अहिले १० कक्षा सम्मको अनुमति लिएर पढाई संचालन गर्दै आईरहेको छ ।
विद्यालयले विद्यालयमा प्रयाप्त भौतिक पुर्वाधारसंगै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएपछि सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या वर्षेनी बढ्दै गएको देखिन्छ ।


बाजुरामा हाल २२ वटा निजि विद्यालयहरु संचालन भईरहेका छन् । तर २२ वटा निजी विद्यालयहरुमध्ये सिसि क्यामरा र विद्युतीय हाँजिरी जडान गर्नेमा क्रियटर जोन एकेडेमी पहिलो निजि विद्यालयका रुपमा स्थापित बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
अन्तर्राष्ट्रिय
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि