होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २ भदौ गृहमन्त्री रामबहादुर थापा सहितकाे टाेली बाजुराका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्घारका सामाग्री लिएर बाजुरा अाउने भएकाे छ । यस अघि हेलिकप्टरमा बाजुराका बाढी प्रभावित क्षेत्रकाे अनुगमन र प्रभावित परिवारलाई राहत तथा उद्घार गर्न बाजुरा अाउने भनिएकाे भएपनि प्रतिकुल माैषमका कारण गृहमन्त्री सहितकाे टाेली बाजुरा अाउने कार्यक्रम स्थगित भएकाे थियाे […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा ३२ साउन। बाजुराको गौमुल गाउँपालिका २ मल्लोदुगनको कुहुडामा पहिरो गएपछि आवत जावत बन्द भएको छ । पहिरोले गौमुल गाउपालिका २ को पौदाली मल्लोदुनका स्थानीलाई जिल्ला सम्म भन्दा पनी वडा कार्यालय सम्म जाने बाटो नभएको स्थानीय चक्र रोकायाले जानकारी दिनुभएको छ । स्थानीय रोकायाले दिएको जानकारी अनुसार हिजो राती देखी अत्याधिक रुपमा पहिरो […]
नागरिक रैबार/बाजुरा ३२ साउन। साउन २५ गते परेको अबिरल वर्षासंगै आएको बाढी पहिरोका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका बाढी पिडित परिवारलाई बझाङ्ग-बाजुरा सम्पर्क समितिले सहयोग गरेको । बझाङ्ग-बाजुरा सम्पर्क समितिले बुढीगंगा नदिमा आएको बाढीका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका २ घाघर र बाढीकै कारण पुल बगाएपछि विस्थापित बनेका गौमुल गाउँपालिका वडा नं. […]
नागरिक रैबार/बाजुरा १९ साउन। जिल्लाको गाैमुल गाउँपालिकाबाट ५१ हजार नगदसहित ११ जना जुवाडेलाइ प्रक्राउ गरिएको छ। स्थानीयले दिएको सुराकीका आधारमा इलाका प्रहरी गाैमुलबाट खटिएको प्रहरीको गस्ति टोलीले जुवा खेलिरहेका ११ जनालाइ नगद ५१ हजार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइने प्रहरीले बताएका प्रहरी […]
नागरिक रैबार/बाजुरा १५ साउन। बाजुरा जिल्लामा यस वर्ष समयमै मनसुन शूरु भएपछि यस वर्ष धान रोपाई सय प्रतिशत भएको छ । बाजुरामा वर्षेनी जेठ महिनाको पहिलो साताबाट सिचिंत क्षेत्रमा धान रोपाई सूरु हुने गर्दछ । यस वर्ष जिल्लामा मनसुन सक्रिय भएकै कारण समयमै जिल्लाका सवै सिंचित क्षेत्रमा धान रोपाई सय प्रतिशत भएको हो । बाजुरामा […]
विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९) ले आम जनतामा मानबीय तथा आर्थिक संकट सिर्जना गरेको छ जसबाट हाम्रो देश भित्रका सम्पर्ण स्थानीय तहहरु पनि अछुत रहन सकेन। पछिल्लो समयमा विश्वभरका विभिन्न राष्ट्रहरुसँगै नेपालमा समेत यो भाइरस तिब्र गतिमा फैलिरहेको छ । यसको फैलावट सँगै स्थानिय तहहरुले तय गरेका विभिन्न क्षेत्रका दीर्घकालीन लक्षहरुलार्इ एकातिर थाती राखेर […]
नागरिक रैबार बाजुरा ५ साउन । कृषि ज्ञान केन्द्र बाजुराले गौमुल गाउँपालिका कृषि विकास शाखालाई पाँच हजार नगद सहित वर्षकै उत्कष्ट शाखाको रुपमा घोषणा गरेको छ । साउन ४ र ५ गते बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित वार्षिक प्रगति समिक्षा कार्यक्रममा उक्त शाखा बाजुरा जिल्लाका स्थानीय तहहरु अन्तरगतका कृषि विकास शाखाहरु मध्येबाट आ.व. २०७६÷०७७ मा सम्पन्न […]
नागरिक रैबार बाजुरा २४ असार बाजुरामा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा शिक्षाका लागि खाद्य कार्यक्रम ईकाइ बाजुराले जिल्लाका सात वटा स्थानीय तहहरुका १ सय ३९ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि जिल्लाका ११ स्थानबाट दिवा खाजा वितरण गरिरहेको छ । कार्यक्रम लागु भएका विद्यालयहरुका लागि घटमुना, तोलीडाँडा, कैलाशमाण्डौ डाँडा, फालासेन […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा १७ असार। बाजुरामा पनी आज सलह किरा देखा परेकोे छ । उक्त किरा बाजुरामा पनी देखा परेपछि किसान भने निकै निरास भएका छन् । सोही सलहको एक समुह बुधबार बेलुका करिब ६ बजेतिर गौमुल गाउपालिका २ पौदालीको आकासमा देखा परेको छ । करिब दुई तिन हजार जतीको ठुलो समुहमा आकासमा फट्याग्रा जस्तै […]
राजेन्द्र बहादुर रोकाया। बाजुरामा आईतबार ९६ जनामा कोरोना भाईरसको कोभिड १९ को संक्रमण देखिएको छ । ४९ पुरुष र ४७ महिला गरी ९६ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् । आईतबार थपिने संक्रमित मध्य बुढीगंगा नगरपालिका, ७९ जना र बडिमालिका नगरपालिका १७ जना रहेका छन् । […]
नागरिक रैबार/बाजुरा १२ असार। बाजुरामा थप २३ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार टेकुमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका मध्ये २२ जना गाैमुल गाउँपालिका र १ जना स्वामीकार्तिक गाउँपालिकाका रहेका छन् । जसमध्ये १४ जना पूरुष छन् भने ९ जना महिला रहेका छन् । शुक्रवार थपिएका २३ जना संगै बाजुरामा कोराेना संक्रमितको संख्या १२९ […]
नागरिक रैबार/बाजुरा ११ असार । जिल्लाको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको पहलमा गौमुल गाउँपालिका–१ अन्द्राडी बस्तिका लागि आर्थिक सहयोग प्राप्त भएको रकमबाट आज राहत वितरण गरिएको छ । विगत लामो समयदेखि न्युयोर्के अमेरिकामा बस्दै आएका अध्यक्ष रोकायाका मिलनसार शुभचिन्तक मिङ्गमा शेर्पाले आर्थिक सहयोग गरेका थिए । काठमाण्डौं घर भई हाल न्युयोर्के अमेरिकामा रहेका शेर्पाले […]
नागरिक रैबार/बाजुरा १० असार । जिल्लाको गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३२ करोड २८ लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बुधबार गाउँपालिकाको सातौ गाउँ सभामा उपाध्यक्ष सीता थापाले उक्त बजेट प्रस्तुत गर्नु भएको हाे । संघिय सरकारबाट समानीकरण ७ करोड ३९ लाख, शसर्त अनुदान १३ करोड ८८ लाख, राजस्व बाँडफाँड ५ […]
नागरिक रैबार । बाजुरा ३२ जेठ । प्रेस संंगठन नेपाल बाजुराले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्री र ज्याकेट वितरण गरेको छ । कोरोना संक्रमणको बेला जोखिम मोलिरहेका सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि आवस्यक सामाग्री सहयोग गरेको हो । गौमुल, जगन्नाथ, स्वामीकार्तिक खापर गौमुल गाउँपालिका आर्थिक सहयाेगमा ४० जनालाई जकेट र ६० जनालाई स्वास्थ्य तथा […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २८ जेठ। बिश्वमा यतिबेला कोरोना भाईरस कोभिड १९ ले जनतालाई त्रासमा पारीरहेको छ । शोही क्रममा अहिले देशका नागरीकहरु बिदेशबाट स्वदेश भित्रिनेको संख्या बड्दो छ । अहिले बिभिन्न पालिकाले देश तथा जिल्ला बाहीरबाट आएका स्थानीहरुलाई १४ दिन अनिवार्य स्थानी पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय छ । कतिपय पालिकाहरुलाई यतिखेर क्वारेन्टाएनको खर्च […]
हाम्रो देश नेपाल कृषि प्रधान देशको नाममा परिचित छ । तापनि मुलुकका अधिकांश कृषि जन्य बस्तुहरु विदेशबाट आयात गरी हाम्रो आवश्यकता परिपूर्ति गर्नु परिरहेको बाध्यता छ । झण्डै ८० प्रतिशत भन्दा बढि जनता कृषिमा आश्रित रहेको सरकारी तथा गैरसरकारी संस्थाहरुको तथ्यांकले देखाएपनि हरेक बर्ष अरवौ रुपैयाँको कृषि उपजहरु आयात गर्नु आफैमा लाजमर्दो कुरा हो । […]
कृषि क्षेत्रका विकाश र विस्तर गरि गाउँपालिकाको आर्थिक स्थितिमा रुपमान्तरण: गौमुल गाउँपालिका बाजुरा जिल्लाको एक स्थानिय तह हो । यहाँको घरधुरी करिव १६०० रहेका छ । यस पालिकामा करिव ९९.छ प्रतिशत घरधुरी हरु कृषि पेशामा आवद्ध छन रोजगारीको अवस्था न्युन मात्रामा छ । यहाँ कृषि प्रविधि विकाश विस्तार परम्परागत शैलिबाट नै संचालन भएको अवस्था नै […]
नागरिक रैबार/बाजुरा १५ जेठ। बाजुराका ४७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । जिल्लाका विभिन्न ठाउँका क्वारेन्टाईनमा बसेका ४७ जनाको आरटि–पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जेठ ९ गते जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका ४७ जनाको थ्रोट स्वाव संकलन गरी आरटि–पिसिआर परिक्षणका लागि धनगढी पठाईएको थियो । पिसिआर रिपोट नेगेटिभ आएका ४७ […]
नागरिक रैबार/बाजुरा १२ जेठ। भारतबाट सोमबार मात्रै बाजुरामा १ सय ५३ जना जिल्ला भित्रिएका छन् । लकडाउन जारी रहेकै बेला जिल्लामा भित्रिनेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । सोमबार मात्रै बाजुरा भित्रिएका हिमाली गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहका १ सय ५३ जना छन् ।सोमबार बाजुरा जिल्ला भित्रिनेमा त्रिवेणीका ५४ बुढीगंगाका २५ बडीमालिका नगरपालिका […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २५ बैशाख। बाजुराको गौमुल गाउँपालिका ३ गर्जेमा चट्याङ लागेर एक हल गोरु र एक भैसी मरेको छ । आज दिउसो अत्याधिक बर्षासंगै आएको चट्याङ लागेर गौमुल गाउँपालिका ३ का स्थानीय अफिलाल बोहराका एक हल गोरु र एक भैसी मरेको बताइएको छ । गोरु र भैसी चराएर घर ल्याउने क्रममा चट्याङ लागेर […]