होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका बाढीपिडितलाई बझाङ्गी समाजको सहयोग
समाचार

बाजुराका बाढीपिडितलाई बझाङ्गी समाजको सहयोग

  • नागरिक रैबार
बाजुराका बाढीपिडितलाई बझाङ्गी समाजको सहयोग

नागरिक रैबार/बाजुरा ३२ साउन। साउन २५ गते परेको अबिरल वर्षासंगै आएको बाढी पहिरोका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका बाढी पिडित परिवारलाई बझाङ्ग-बाजुरा सम्पर्क समितिले सहयोग गरेको ।

बझाङ्ग-बाजुरा सम्पर्क समितिले बुढीगंगा नदिमा आएको बाढीका कारण विस्थापित बनेका बडीमालिका नगरपालिका २ घाघर र बाढीकै कारण पुल बगाएपछि विस्थापित बनेका गौमुल गाउँपालिका वडा नं. १ र २ अजयटोट्की गाउँका परिवारलाई जिन्सि सामाग्री सहयोग गरेको हो ।

Image may contain: 8 people, including Padam Baduwal, people sitting, table and indoor

विज्ञापन

बझाङ्ग घर भई बाजुरामा कर्मथलो बनाई विभिन्न बाजुरामा काम गरिरहेका कर्मचारी, शिक्षक र व्यापारीहरुबाट आर्थिक रकम संकलन गरि बाढीपहिरोबाट विस्थापित बनेका परिवारका लागि जिन्सि सामाग्री सहयोग गरेको बझाङ्ग-बाजुरा सम्पर्क समितिका अध्यक्ष उत्तमराज जोशीले बताएका छन् ।

बझाङ्ग-बाजुरा सम्पर्क समितिले बाजुराबासीमा बाढी पहिरोका कारण परेको दुखद समयमा सहयोग गरेपछि विस्थापित परिवारलाई केही दिनका लागि भएपनि सहज हुने गौमुल गाउँपालिकाका देवबहादुर रोकायाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार