होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुलका कृषकलाई समयमै गहुँको वीउ वितरण
समाचार

गौमुलका कृषकलाई समयमै गहुँको वीउ वितरण

  • नागरिक रैबार
गौमुलका कृषकलाई समयमै गहुँको वीउ वितरण

नागरिक रैबार/बाजुरा ४ कार्तिक। जिल्लाको गौमुल गाउँपालिकाको कृषि विकाश शाखाले पालिका भरिका कृषकहरुलाई गहुँको विउ वितरण गरिएको छ । पालिका भरिका कृषकका लागि आवश्यक पर्ने गहुँको विउ २५ प्रतिशत अनुदानमा २ हजार ४ सय ८० केजि विउ कृषकलाई वितरण गरिएको हो ।

गाउँपालिकाको कृषि विकाश शाखाले उपलब्ध गराएका डब्लु के १२०४, स्वर्गद्धारी र च्याखुरा जातका गहुँको विउ वितरण गरेको हो ।पहाडी तथा उच्च पहाडी क्षेत्रमा राम्रो संग फस्टाउन सक्ने डब्लु के १२०४, स्वर्गद्धारी जातको प्रजनन गहुँको विउ क्लष्टर विस्तार गर्ने गरी न्युनतम १ रोपनि र अधिकतम ४ रोपनिलाई पुग्ने गरि विउ वितरण गरिएको कृषि विकाश शाखाका प्राविधिक सहयाक दिपेन्द्र सार्कीले बताएका छन ।

जिल्ला गहुँको विउमा आत्मनिर्भर रहेता पनि गाउँपलिका भित्र रहेका कृषकहरुले परम्परागत जातका स्थानिय गहँका जातहरु लगाउँदै आएका थिए उक्त जातहरुलाई प्रतिस्थापन गर्न राम्रो उत्पादन क्षमता भएका जातको गहुँको विउ वितरण गरिएको कृषि विकाश शाखाका अर्का प्राविधिक रमेश वि.क ले बताएका छन ।

विज्ञापन

कृषि ज्ञान केन्द्र बाजुराको समन्वय र विउमा ५० प्रतिशत अनुदान गौमुल गाउँपालिका कृषि विकाश शाखाको ढुवानी र २५ प्रतिशत विउ अनुदान र स्थानिय स्तरका किसानको २५ प्रतिशत नगद अनुदानमा विउ वितरण गरिएको छ । गाउँपालिका भित्र कोरोनाबाट प्रभावित, बाढि पहिरोबाट प्रभावित, दलित, महिला तथा अन्य विउ उत्पादक सक्रिय साना कृषकहरुलाई गहँको विउ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सिता थापाले बताउनु भएको छ ।

पहाडि क्षेत्रमा राम्रो उत्पादन क्षमता भएको गहुँको विउ किसानहरुलाई उत्पादन गराउन कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाभरीका किसानलाई भौगोलिक क्षेत्र, सिचाई सुविधा, उत्पादनको अवस्था, स्थानिय स्तरको कृषि विकाश शाखामा कृषकले माग गरेको निवदेन र समन्वयका आधारमा किसानलाई ५० प्रतिशत अनुदानमा विउ उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशीले बताएका छन् ।

हिउदे सिजनमा लगाईने खाद्यन्न बालि अन्तरगत गहँको विउ समयमानै उपलब्ध गराएको स्थानिय कृषकहरुले खुशि व्यक्त गरेका छन । यसपाली कृषकहरुले आफुलाई आवश्यक परेको गहुँको विउ समयमै कृषि विकाश शाखाले उपलब्ध गराएकोमा स्थानिय कृषक एवं जनप्रतिनिधि किडि लुहारले  खुसी व्यक्त गरेकी छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार