होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेपाली कांग्रेस बाजुराद्धारा बाढी पीडितलाई राहत वितरण
राजनीति

नेपाली कांग्रेस बाजुराद्धारा बाढी पीडितलाई राहत वितरण

राहत वितण गर्न कांग्रेस बाढीपीडितकाे घर दैलोमा

  • नागरिक रैबार
नेपाली कांग्रेस बाजुराद्धारा बाढी पीडितलाई राहत वितरण

रामबहादुर विक । गौमुल गाउँपालिका वडा नम्वर २ सिममा नेपालि काँग्रेस बाजुराले राहात वितरण गरेको छ । साउन २५ गते अविरल बर्षासंगै आएको बाढिले वितण्डा बचाएको गाँउमा पुगी नेपाली कांग्रेस बाजुराले राहत वितरण गरेको हो ।
बाढिपहिरोबाट विस्थापित भएका गौमुल गाउपालिका वडा नम्वर २ सिमका नागरिकलाई राहत वितरण गरिएको नेपाली कांग्रेस बाजुराले जनाएको छ । क्षेती ग्रस्त बनाएको बस्तीमा पुगी २० हजार बरावरको राहत वितरण गरिएको नेपाली कांग्रेस बाजुराका पाटी सभापती कविराज पण्डितले बताउनु भएको छ ।
सभापती पण्डितका अनुशार क्षेती गस्त भएको वस्तीको स्थलगत अनुगमन गरि उतm राहत वितरण गरिएको बताउनु भयो । यती खेर नेपाली कांग्रेस कोरना भाइरसलाई ध्यानमा राखी गरिव दखी जनताको घर दैलोमा पुगी राहत वितरण गरिरहेको छ ।
थोरै भएपनी नेपाली कांग्रेस बाजुराले बाजुरेली जनताको घाउमा मलम लगाई गाँउ गाँउमा पुगी राहत वितरण गरहेको नेपाली कांग्रेस बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डितले बताउनु भएको छ ।
यता नेपाली कांग्रेस बाजुराले थोरै भएपनी घरको दैइलोमै पुगी राहत वितरण गरेको प्रती स्थानियहरु भने खुसी भएका छन् । नेपाली कांग्रेस बाजुराले बाढिपहिरो बाट विस्थापित भएका क्षेत्र बडिमालिका नगरपालिका , बुढिगंगा नगरपालिका र बुढिनन्दा नगरपालिका लगाएतका क्षेत्रमा राहत वितरण गरिसकेको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।
यसै विषयलाई निरन्तरता दिदै हिजो गौमुल गाँउपालिका वडा नं २ अजयटोक्कीमा ७० हजार बरावरको राहत वितरण गरेको थियो भने आज सोही बडाको वडा नं २ सिममा वितरण गरिएको बताइएको छ ।
उतm राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस बाजुराका पाटी सभापती कविराज पण्डितको संयोजकत्वमा राहात स्वरुप खाद्यन्न , नुन ,तेल लत्ताकपडा वितरण गरिएको बताउनु भएको छ ।
राहात वितरणमा नेपालि काँग्रेस बाजुराका सभापति कविराज पण्डित , संगठन विभाग प्रमुख धनराज पण्डित, कार्यसमिति सदस्य उमा रोकाया ,जिल्ला कार्यमिति सदस्य मंगल विस्ट लगाएतको सहभागितामा रहेको थियो ।
त्यस्तै गौमुल गाउँ कार्यसमितिका सभापति मनबहादुर रोकाया तरुण दल बाजुराका सचिव हिरेन्द्र रोकाया, वडा नम्वर १ का वडा कार्य समिती सभापति अर्जुन बोहोरा , वडा नम्वर २ का वडा कार्य समिति सभापति राज बहादुर धामि लगाएतको सहभागिता रहेको थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार