होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुलमा पनि नागरिक आरोग्य सेवा केन्द्र स्थापना
समाचार

गौमुलमा पनि नागरिक आरोग्य सेवा केन्द्र स्थापना

  • नागरिक रैबार
गौमुलमा पनि नागरिक आरोग्य सेवा केन्द्र स्थापना

नागरिक रैबार/बाजुरा ६ कार्तिक। नेपाल सरकारको निरोगी नेपाल अभियान कार्यक्रम अन्तरगत गौमुल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरा मार्फत गौमुल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको हो ।जिल्ला आयुर्वेद सेवा केन्द्र बाजुराका प्रमुख दिक्षा भण्डारीका अनुसार सुदुरपश्चिमकै दोस्रो नम्बरमा गौमुल गाउँपालिकामा सेवा केन्द्र स्थापना भएको हो ।

सेवा केन्द्रमा दैनिक रुपमा आरोग्य सेवा उपलब्ध हुने छ । यस बाट स्तनपान गराई राखेका आमाहरुलाई निशुल्क उपचार सेवा तथा औषधि वितरण, जेष्ठनागरिकहरुलाई रासायनिक औषधि वितरण गर्ने भौगोलिक क्षेत्र भिन्न भिन्न भएका वा चिसो ठाउमा बाथ रोगका विरामी हुने भएकोले सेवा केन्द्र गौमुलमा स्थापना गरिएको जिल्ला आयुर्वेद सेवा केन्द्र बाजुराकी प्रमुख दिक्षा भण्डारीले बताएकि छन् ।

विज्ञापन

कार्यक्रममा यस केन्द्र स्थापना अघि गौमुल बासीले विरामीहरुका समस्या समाधानका लागि जिल्ला धाउनु पर्ने अवस्था थियो भने अव ति सम्पुर्ण सेवाहरु गाउँपालिकामै उपलब्ध हुने गाउँपालिका उपाध्यक्ष सिता थापाले बताइन ।

नागरिक आरोग्य केन्द्र स्थापना पछि विशेष गरी यो उपचार पद्धतिले लागेको रोगलाई निको पार्ने र रोग नलाग्नलाई हरेक व्यक्तिको प्रतिरोधात्मक क्षमता लाई वृद्धी गर्ने कार्यमा आयुर्वेदिक पद्धतिले विशेष भुमिका खेल्ने र गाउँपालिकाका स्थानिय जनताहरुले बढि भन्दा बढी लाभ लिन सहज हुने गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले बताएका छन् ।

आयुर्वेदिक सेवा लिन स्थानिय तह भन्दा बाहर जानु पर्ने अवस्था थियो अव स्थानिय स्तरमै आयुर्वेदिक सेवा पाईने भएपछि स्थानिय बासी खुसि भएका छन् । गौमुल गाउँपालिका अध्यक्ष श्री हरीबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको सेवा केन्द्र स्थापना कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता थापा, गौमुल गाउँपालिका वडा नं. ६ का अध्यक्ष प्रकाश रोकाया, गौमुल गाउँपालिका नि.प्रमुख प्रशाशकिय अधिकृत विर ब रोकाया, ईलाका प्रहरी कार्यालय प्रमुख, कर्मचारी लगाएत अन्य सर्वसाधारणको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार