होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ भाद्र ,काठमाडौं । भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्रको अनेरास्ववियू(क्रान्तिकारी ) बाट १५५ जना रहनेछन् । यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम […]
काठमाडौं, १३ भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा बोल्दै मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताउनुभएको हो । उहाँले […]
महेश कार्की/कोल्टी १२ भदाै। बुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना भएको छ । से १ ज १०६४ नम्बरको जीप विहिबार बुढीनन्दा गरपालिका १ मटेला गाउँ नजिकै को ओरालोमा ब्रेक फेल भई दुर्घटनामा परेको थियो । जीप दुर्घटनामा हिमाली गाउँपालिका नदापाटा निबासी बर्ष १७ कि सिर्जना कार्की र मुगु खत्याड गाउँपालिका […]
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले एकै पटक १४ वटा नयाँ शाखा विस्तार गरेको छ । यी शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले १४ नयाँ शाखाको उद्घाटन गरे । थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ । यी हुन थपिएका शाखाहरुः
कैलाली, भदौ ११ । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा नमूनाका रुपमा व्यावसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ अन्तर्गत पहिलोपटक नमूनाका रुपमा सो कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो। प्रत्येक स्थानीय तहका एक वडा अथवा […]
सुर्खेत । जाजरकोट कालिमाटीबाट नेपालगञ्ज वादै गरेको ना ४ ख ९३१७ नंकाे बस सुर्खेतको सिमानामा पर्ने एमाले माेडमा दुर्घटना भएकाे छ । दुर्घटनामा परी घटनास्थलमा एक महिलाको मृत्यु भएको छ भने उपचारको क्रममा थप दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार बिहान करीब ४ बजेतिर गाडीको ब्रेक फेल […]
चितवन । संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै प्रदर्शनमा पक्राउ परेका ४८ जनालाई आज रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा संचारकर्मी लामिछाने र कँडेललाई गत साउन ३० गते न्युज २४ […]
चितवन, शालिकराम पुडासैनी प्रकरणमा धरौटी बुझाएर रिहा भएका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा प्रवेश गर्ने बताएका छन् ।मिडियाबाट परिवर्तन गर्न नसके राजनीतिमा पनि प्रवेश गर्ने उनको आशय थियो । आज बिहान आयोजना गरिएको पत्रकार भेटघाटमा सोधिएको एक प्रश्नमा रविले राजनीतिमा आउन सक्ने बताए ।जनताले रविलाई देशको उच्च पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासालाई […]
नागरिक रैबार/बाजुरा ८भदौ। बाजुरा जिल्ला अस्पतालमा शनिबार विहान सुत्केरी महिलाको ज्यान गएको छ । तीन दिन अघि प्रसुती गराउन जिल्ला अस्पतालमा आएकी बडीमालिका नगरपालिका वडा नं. ७ कि २१ बर्र्षीया बसन्ती नेपालीको शनिबार विहान अस्पतालको शैयामा मृत्यु भएको थियो । आईतबार प्रमुख जिल्ला अधिकारी सहित अन्य सरोकारवाला निकाय र मृतकका आफन्तहरुको छलफलका क्रममा स्वास्थ्यकर्मीहरुले विरामीको […]
नन्दा थापा/भदौ ८, बाजुरा ।न्यायिक समितिका पदाधिकारी र प्रहरीलाई लैङ्गिक हिसां र कानुनी प्रक्रिया सम्वन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । प्रहरी र न्यायिक समितिका सदस्यलाई लैङ्गिक र कानुनी प्रावधान बारेमा अभिमुखिकरण गरिएको हो । लैङ्गिक हिसां न्युनिकरणको लागि बहु क्षेत्र समन्वय र साझेदारीका क्षेत्रहरु पत्ता लगाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको जपाईगोका जोना भट्टराई […]
काठमाण्डाै ८ भदाै । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा ‘दुरुत्साहन’ कसुर गरेको अभियोगमा साउन ३० गते पक्राउ गरी अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा राखिएका टेलिभिजन कार्यक्रम प्रस्तोता, रबि लामिछाने र युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीेलाई फेरि ५ दिन म्याद थप भएको छ । दोस्रोपटक थप गरिएको ५ दिन म्याद आजबाट सकेपछि आजै थप गरिएको […]
राजेन्द्र बिक/बाजुरा ८ भदौ। बडीमालिका नगरपालिका वडा न.५ स्थित रुघाखोचा बस्ती पहिरोको उच्च जोखिमा रहेको छ । जडाङ्गा देखि मना सम्म जाने सडक जथाभावि तरिकाले कटान गरेपछि उक्त बस्ती पहिरोको उच्च जोखिम्मा परेको हो । बस्ती माथिबाट बडीमालिका नगरपालिकाले सडक कटान गरेपछि उक्त बस्तीमा बसोबास गर्ने स्थानीयहरुलाई ज्यान जोगाउन समस्या उत्पन्न भएको छ । भिरालो […]
चितवन– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्न जिल्ला प्रहरी कार्यालय चितवन पुगेका कलाकारहरुको टोलीलाई प्रहरीले गेटमा रोकेपछि केहीवेर तनाव सिर्जना भएको छ । कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे(माग्ने बुढा) निर्मल शर्मा (गैडा) लगायतका कलाकार पुगेका थिए । भित्र प्रवेश गर्न खोजेका कलाकारहरुलाई केही बेर प्रहरीले रोकेपछि त्यहाँ जम्मा भएका रवि समर्थकले सेलिब्रेटीलाई प्रहरी कार्यालयको […]
चितवन,भदौं ८-पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ । आज तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं छ । प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ । अनुसन्धन नसकिएको भए म्याद थपका लागि […]
काठमाडौं, ८ भदौ । गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेको छ । यसो त यो पर्यटकीय हब नै हो । सरकारले पर्यटकलाई प्राथमिकता दिएर ५ वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सन् २०१९ लाई अन्तरिक पर्यटन वर्ष-२०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख […]
नागरिक रैबार/बाजुरा ७ भदौ। जिल्ला अस्पताल बाजुरामा एक जना सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ७ जिल्ली निवासी कृष्ण नेपालीकि २१ वर्षिया श्रीमति बसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको हो । शनिबार विहान सुत्केरी नेपालीले दोस्रो सन्तानका रुपमा शिशुलाई मृत अवस्थामा जन्मदिएकि थिइन । घरमै सुत्केरी व्यथाले च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ […]
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्न संघीय सरकारले ‘षडयन्त्र’ गरिरहेकाे भन्दै त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन् । उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजनाअन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आयोजित वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागर नाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर वन फडानी गर्ने षडयन्त्र […]
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । रातोपाटीबाट
काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त आहवान गरेको छ। शुक्रबार प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले सुचना प्रकाशीत गरी दरखास्त मागेको हो । प्रकाशीत सुचना अनुसार प्रहरी जवान पदका लागी ३ हजार पाँच सय ९६ जना भान्छे १९० जना मागेको छ भने हजाम १० […]
नागरिक रैबार/बाजुरा ५ भदौ । बाजुराको बडीमालिका नगरपालिकाका सूचना अधिकारी हेम थापाले नगरपालिकाबाट नियमित तलव पाएको भएपनि नगरपालिकाले पद अनुसार आफुलाई कुनैपनि सूचना प्रदान नगरेको बताएका छन् । नगरपालिका भित्रका कुनै पनि सूचनाहरु आफु सूचना अधिकारी भएपनि आफुलाई कार्यालयले कुनै पनि सार्वजनिक सूचनाहरुको बारेमा जानकारी नगराउँदा समस्या भईरहेको गुनासो गरेका छन् । नगरपालिकामा हुने विभिन्न […]