होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • झुलाघाटमा पूल निर्माणको माग गर्दै अनसन सुरु
समाचार

झुलाघाटमा पूल निर्माणको माग गर्दै अनसन सुरु

  • नागरिक रैबार
झुलाघाटमा पूल निर्माणको माग गर्दै अनसन सुरु

बैतडीबाट भारत जोड्न झुलाघाटमा मोटरेवल पूल निर्माणको माग गर्दै बैतडीमा अनिश्चितकालिन अनसन सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी आजदेखि रिले अनसन सुरु गरिएको हो। उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा रिले अनसन सुरु भएको हो।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिदै आएका भएपनि अहिले सम्म पक्की पुल निर्माण हुने कुनै छाँटकाँट नदेखिएको रिले अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक चन्दले बताए।

‘विस २०५९ सालमा १० हजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर तत्कालिन सरकार र भारतीय राजदुताबासलाई बुझाएको भएपनि अहिले सम्म कुनै सुनुवाई हुन सकेको छैन्,’ संयोजक चन्दले भने, ‘पूल निर्माणमा दवाव दिनका लागि अनसन सुरु गरेका हौँ।’

विज्ञापन

अनसनमा उद्योग बाणिज्य संघसंगै निर्माण ब्यवसायी संघ, यातायात ब्यवसायी संघ, पत्रकार महासंघ तथा होटेल ब्यवसायी संघले समेत ऐक्यवद्धता जनाएका छन्। गोठलापानी बजारदेखि ¥यालीसहित जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभामा परिणत भइ अनसन सुरु गरिएको हो।

ऐक्यवद्धता जनाएका सबै संघ सस्थाको प्रतिनिधित्व हुने गरी २० जना रिले अनसनमा बसेका छन्। ‘बैतडी आएका बेला भाषणमा सबै दलका शीर्षस्थ नेताहरुले पुल बनाउने भाषण गरेको भएपनि कसैले आश्वासन पूरा गरेका छैनन्,’ उद्योग बाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले भने, ‘झुलाघाटमा पुल निर्माण भएमा ब्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने छ।’

रिले अनसन हरेक दिन बिहान १० बजेदेखि साझ ५ बजे बस्ने बताइएको छ। झुलाघाटमा मोटरेवल पुल निर्माणको लागी सरकार पक्षवाट प्रतिबद्धता नआउदासम्म अनसन जारी रहने संघर्ष समितिले जनाएको छ। झुलाघाट पुरानो नाका भएपनि नाकाको स्तरोन्नती तथा पुल निर्माणका लागि सरकारले पहल नगरेको व्यापारी हर्क बहादुर चन्दको आरोप छ।

भारत सरकारका तर्फबाट २०५६ सालमा पुल निर्माणका लागि सर्वे गरिएको भएपनि त्यसपछि कुनै काम अघि बढ्न सकेको छैन्। झुलाघाट मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पनि हो। साभार दिनेश खबरबाट 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार