होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सत्य निरुपणमा सघाउँछौंः सेना
समाचार

सत्य निरुपणमा सघाउँछौंः सेना

  • नागरिक रैबार
सत्य निरुपणमा सघाउँछौंः सेना

काठमाण्डाै २५ भदाै । नेपाली सेनाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफू बाधक नहुने स्पष्ट पारेको छ । दसवर्षे सशस्त्र द्वन्द्वकालमा राज्य र तत्काली विद्रोही पक्षबाट भएका मानवअधिकार उल्लंघनसम्बन्धी घटना छानबिन गर्ने सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तमा ढिलाइ भइरहेका बेला सेनाले संक्रमणकालका बाँकी विषय टुंगो लगाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा भने,‘संवैधानिक सरकारको वैधानिक आदेशमा परिचालित राष्ट्रिय सेनाको हौसलामा ठेस पनि लाग्नु हुँदैन, यसको दूरगामी प्रभावलाई हामी सबैले गम्भीरताका साथ मनन गर्नुपर्छ ।’

उनले मुलुक राजनीतिक स्थिरतासँगै संक्रमणकालबाट पार हुने क्रममा रहेको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि आन्तरिक सुरक्षा पनि उत्तीकै मजबुत हुन जरुरी रहेको बताए । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार