होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिंहदरबार परिसरबाट पक्राउ परेको सबै पत्रकार रिहा
समाचार

सिंहदरबार परिसरबाट पक्राउ परेको सबै पत्रकार रिहा

  • नागरिक रैबार
सिंहदरबार परिसरबाट पक्राउ परेको सबै पत्रकार रिहा

० भदौ, काठमाडौं । सिंहदरबार परिसरबाट पक्राउ परेका पत्रकारहरु रिहा भएका छन् । रेडियो नेपालबाट निश्काशन गरिएका पत्रकारहरुलाई पुनर्बहालीको माग गर्दै घेराउन गर्न पुगेको पत्रकारको टोलीलाई प्रहरीले सोमबार दिउसो पक्राउ गरेको थियो ।

पक्राउ गरिएको केही घण्टापछि नै प्रहरीले उनीहरुलाई रिहा गरेको हो । रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका पत्रकारहरुलाई पुनर्बहालीको माग गर्दै पत्रकार महासंघ र नेपाल प्रेस युनियनको टोली सोमबार रेडियो नेपाल घेराउन गर्न पुगेको थियो ।

पक्राउ पर्नेमा महासंघ सचिव दाहाल, प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटि, केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, प्रेस युनियन केन्द्रिय सदस्य दिलिप पौडेल, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर, पत्रकारहरु प्रकाश बम, चक्र कुवंर थिए ।

विज्ञापन

रेडियो नेपालले केही दिनअघि प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत काश बम, चक्र कुँवर र अर्का एक जनालाई निस्कासन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार