होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लुक्लाबाट उडेका ४ हेलिकप्‍टर काभ्रेमा आकस्मिक अवतरण
समाचार

लुक्लाबाट उडेका ४ हेलिकप्‍टर काभ्रेमा आकस्मिक अवतरण

  • नागरिक रैबार
लुक्लाबाट उडेका ४ हेलिकप्‍टर काभ्रेमा आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौं उडेका चारवटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ। पाँचखाल नगरपालिका २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतर गरिएको प्रहरीले जनाएको छ।

काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले लुक्लाबाट ८ वटा हेलिकोप्टर उडेकोमा खराब मौसमका कारण चारवटा काभ्रेमा आकस्मिक अवतरण गरेको पुष्टि गरे। ‘एउटा सिन्धुलीमा ल्यान्ड गरेको सूचना छ’, उनले भने, ‘८ वटा हेलिकप्टर लुक्लाबाट उडेका रहेछन्। खराब मौसमका कारण ल्यान्ड गर्नुपरेको सूचना पाएका छौँ।’

हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्माका अनुसार सिम्रिक एयरका दुई तथा मानङ एयर, कैलाश एअर र अल्टिच्युड एयरका एक/एकवटा हेलिकप्टर काभ्रेमा अवतरण गरिएको हो। हेलिकप्टरमा विदेशी पर्यटकहरू छन्।

विज्ञापन

काठमाडौंको भिजिबिलिटी कम भएका कारण हेलिकप्टरहरू ल्यान्ड गर्न नसक्ने भएकाले काभ्रेमा ल्यान्ड गरिएको हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले जानकारी दिए।

एयर डाइनास्टीको एउटा हेलिकप्टर लुक्ला नजिकैको सुर्केमा रहेको उनले बताए। मौसम खराब भएका कारण जुन हेलिकप्टर जहाँ छन्, त्यही रेस्ट गर्न भनिएको उनले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार