होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ ।प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ । विमानमा १८० यात्रु र […]
रमित विक/बाजुरा २२ पुस । गौमुल गाउँपालिका घट्मुनाले आफ्नो वडाभरि सरसफाईका सामाग्री वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडामा सरसफाई सामाग्रीहरु वितरण गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । सरसफाईमा स्थानीय जनताको बानी बसाल्न संगै सरसफाईका आवश्यक सामाग्री नियमित प्रयोगमा ल्याउनका लागि थिति बसाल्नका लागि समेत सरसफाईका सामाग्री वितरण गरिएको उहाँले बताउनुभएको छ । […]
नागरिक रैबार/बाजुरा २० पुस। हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी तर्फ आउँदै गरेको जीप बाँधु नजिकैको कालापडा भिरमा दुर्घटनामा परि मृत्यु भएकाहरुको ४ दिनपछि पोष्टमार्टम गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नहुँदा शव पोष्टमार्टममा ढिलाई भएको थियो । शव पोष्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल बाजुराबा डाक्टर राजु जैशी नेतृत्वको चिकित्सक टोली झिकाईपछि ४ ओटै शवको […]
सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ । अख्तियारका अनुसार पछिल्लो ६ महिनामा […]
नागरिक रैबार/बाजुरा १७ पुस । जिल्लाकाे हिमाली गाँउपालिका ७ बाधुको कालडाँडा भिरमा जप दुर्घटना भएकाे छ । जिप कर्णाली नदिमा खसेको र यात्रु ५ जनाको शब भेटिएको घटना स्थलमा पुगेका तोप बहादुर शाहिले बताउनुभएकाे छ । दुई जना भने घाइते अवस्थामा फेला परेको उनले बताए । जिप कर्णाली नदिमा डुबेकाले उद्धार भइरहेको छ, गाडि नम्बर […]
नागरिक रैबार/ बाजुरा १६ पुस ।गौमुल गाउँपालिकामा बृहत कृषि मेला प्रर्दशनी गरिएको छ । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका कृषकहरुलाई आधुनिक कृषि पेशाप्रति प्रोत्साहन गर्ने उद्देश्यले बुधबार बृहत कृषि मेला प्रर्दशनीको आयोजना गरिएको हो । मेलामा उल्लेख्य स्टलको व्यवस्था गरी किसानको उत्पादनलाई प्रदर्शनमा राखिएको थियो कृषि मेला प्रदर्शनीमा विभिन्न जातिका खाद्यबाली समूह, फलफुल समूह, तरकारी […]
नागरिक रैबार/ बाजुरा १६ पुस । सुदूर तथा मध्येपश्चिमेलीहरुले मनाउँदै आएको पुस १५ र अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा नागरिक सेवा सरोकार मंचले विपन्न परिवारका २० जना वालवालिकालाई चिसो छल्नका लागि न्यानो लुगा उपहार स्वरुप प्रदान गरेको छ । नागरिक सेवा सरोकार मंचका अध्यक्ष जनेश भण्डारीले हलिया र अन्य दलित वर्गका बालबालिकाहरुका लागि न्यानो […]
काठमाडाैं, १६ पुस । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी आज राष्ट्रिय टोपी दिवस मनाइँदै छ । अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमा समेत पर्वजस्तो उल्लासमय बनाउनका लागि नेपाली टोपी दिवसका रुपमा मनाउन […]
काठमाडौै । नेपाल प्रहरीले गरेका सरुवा नै कार्यान्वयन नभएका उदाहरण धेरै कम छन् । तर विगत ३ महिनायता तीन अधिकृतको सरुवा कार्यान्वयन नै भएनन् । आइजीपी सर्वेन्द्र खनालले पुस ४ मा २४ एसपीको सरुवा गर्दा गंगा पन्तलाई चितवन पठाए । चितवनका एसपी दानबहादुर मल्लको बारेमा धेरै गुनासा आएपछि उनलाई एयरपोर्टमा सरुवा गरिएको थियो । तर […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को अवसरमा सरकारी निकाय दिपावली गर्न आव्हान गरेको छ। सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले मंगलबार र बुधबार सबै सरकारी निकायमा दिपावली गर्न निर्देशन दिएको हो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सम्पूर्ण स्थानीय तहलाई पर्यटन मन्त्रालयको निर्णय पठाउँदै आफ्नो मातहतका निकायमा दीपावली गर्न आग्रह गरेको […]
काठमाडौं। बुधबारदेखि देशभर चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने हुँदा बुधबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ। यो प्रणाली बिहीबार बेलुकीसम्म अझै सशक्त भइ देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत भारी हिमपात […]
डडेल्धुरा: डडेल्धुरामा आइतबार भेटीएको वेवारिसे शवको पहिचान भएको छ। उक्त शव बैतडी पाटन नगरपालिका–८ खालिडाँडा बस्ने ४९ वर्षीय केशबराज भट्ट रहेकोे जिल्ला प्रहरी कार्यालय डडेल्धुले जनाएको छ। मृतक भट्टका भाई हरीदत्त भट्टलाई शवको सनाखत गरेर बुझाईएको प्रहरीले जनाएको छ। आइतबार जिल्लाको नवदुर्गा गाउँपालीका–२ प्रगतिशिल कबुलियती वनस्थित उच्चेपत्तर डाँडामा भट्टको शव(औसा किरा) परी सडेको अवस्थामा फेला परेको […]
काठमाडौं : भूकम्पमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–१ सेपगाउँमा १४ जनाको ज्यान गयो । दर्जनौं घर ढले । सरकारले २० परिवारका लागि एकीकृत बस्ती बसायो । दुई वर्ष नबित्दै बस्ती पहिरोको जोखिममा छ । गाउँले पहिरोको त्रासमा छन् । सेपबाट एकीकृत बस्ती पुग्न एक–डेढ घण्टा लाग्छ । बस्ती जनहित ग्रामीण सेवा समितिले बनाएको हो । जग्गा प्लटिङ […]
राष्ट्रिय पर्वकै रुपमा आउँदो जनवरी १ तारिक अथात् पुष १६ गतेदेखि सुरु हुन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सुदूरपश्चिमका केही स्थानीय तहले पनि तयारी तिव्र पारेका छन्। कैलालीका स्थानीय तहले भ्रमण वर्ष लक्षित कार्यक्रम सार्वजनिक गर्न नसकेका बेला कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लाका केही सीमित स्थानीय तहले भ्रमण वर्ष विशेष कार्ययोजना बनाई सोही […]
काठमाडौं १४ पुस । नेपाल भ्रमण वर्षको औपचारिक उदघाटनको तयारीमा जोडतोडले चलिरहेको छ । र, भ्रमण वर्षको मुख्य तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरिरहेको छ । आइतबार अपराह्न मन्त्रालयमा पुग्दा मन्त्री योगेश भट्टराई मन्त्रीमा व्यस्त थिए । पछिल्लो दुई साता उनी एकपछि अर्को मिटिङमा व्यस्त छन् । त्यही व्यस्तताका बीच छोटो समय निकालेका […]
महेन्द्रनगर- कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कांग्रेसबाट विजयी मेयर युवती सहित डान्स बारबाट पक्राउ परेका छन्। महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई पक्राउ गरिएको हो। मध्यरातमा डान्सबारमा युवती सहित मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर […]
काठमाडौं : तापक्रम निरन्तर घट्दो छ । तराईका अधिकांश भू भागमा बाक्लो हुस्सु र कुहिरो देखिन्छ । उपत्यकामा दिउँसो झुलुक्क घाम देखा परे पनि चिसो महसुस भइरहेको छ । मुलुकका विभिन्न भागमा तापक्रम घट्दै गएकाले सबै सजग हुन आवश्यक छ । रोगव्याधिले सताउन सक्छ । पश्चिमी वायुको वहाब नेपालतर्फ बढिरहेकाले चिसो भइरहेको जल तथा मौसम विज्ञान […]
१४ पुस, नवलपुर । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगजनी गरिएको छ । पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो । दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ […]
काठमाडौं, १२ पुस । काठमाडौं–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको छ । त्यसअनुसार काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्याइने रेलमार्ग बनाउन करिब ७ खर्ब रुपैयाँ लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत […]
काठमाडौं- नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले बहुमतका आधारमा कांग्रेसको वर्तमान कार्यसमितिको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ । बैठकले १४ औं महाधिवेशनको कार्यतालिका […]