होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीमा नेपाल टेलिकमको ‘फोर जी’ सेवा सूरु
समाचार

मार्तडीमा नेपाल टेलिकमको ‘फोर जी’ सेवा सूरु

  • नागरिक रैबार
मार्तडीमा नेपाल टेलिकमको ‘फोर जी’ सेवा सूरु

नागरिक रैबार/बाजुरा १३ माघ। बाजुराको सदरमुकाम मार्तडीमा नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट ‘फोर जी’ सेवा संचालनमा ल्याएको छ । नेपाल टेलिकमले माघसम्म देशैभर फोर जी सेवा पुर्याउने लक्ष्य लिएपछि बाजुराको सदरमुकाम मार्तडीमा पनि उक्त सेवा संचालनमा आएको हो ।

देशभरका ६० जिल्लामा सेवा विस्तार गर्ने क्रममा बाजुराको सदरमुकाम मार्तडीमा पनि यही माघ १० गतेबाट फोर जी÷एलटीई सेवा सुरु गरेको नेपाल टेलिकम बाजुरा शाखाले जनाएको छ ।

मार्तडीमा फोर जि सेवा संचालन गर्नका लागि सदरमुकाम मार्तडीको टेलिकमको टावर र खुलामंच नजिकैको टावरमा बिटिएस प्रविधि जडान गरेको टेलिकमले बताएको छ ।

विज्ञापन

नेपाल टेलिकमले मार्तडीमा फोर जि सेवा संचालनमा ल्याएपछि उपभोक्ताहरुलाई उच्च गतिको इन्टरनेट सेवा चलाउन सजिलो भएको दलित अधिकारकर्मी गोरख सार्कीले बताएका छन् ।

फोर जी सेवाजडान पछि मार्तडी आसपासका सेवाग्राहीहरुलाइ विशेषगरी दुर्गम क्षेत्रमा मोबाइल नेटवर्क मार्फत डाउनलोड, अपलोड र ननस्टप भिडियो कल गर्न सहज हुने भएको छ ।

मार्तडीमा फोर जि सेवा सुरु भएपनि जिल्लाका अन्य दुर्गम गाउँहरुमा भने अहिले पनि स्थानीयहरुलाई कुनै आफन्तलाई फोन गर्नका लागि घन्टौ हिँडेर डाँडामा, रुखमा चढेर फोन गर्नुपर्ने बाध्यता रहदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै