होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ ।उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई ७ पटक उपाधि जितेर सर्वाधिक सफल बनेको भारतसँग खेल्न त्यति सजिलो छैन ।भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको हो भने नेपालले उपविजेता […]
काठमाडौँ: नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडा दसैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी।आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ। नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ। त्यसै दिन सबै बलिपूर्ति भएपछि टीका […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको शुभकामना दिँदै नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् । उनले स्वदेश र विदेशमा रहेका सबै नेपालीहरुको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको अवसरमा दशैं मनाइने भन्दै उनले दशैंले जातिय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विवधताका विचमा सद्भाव, सहिष्ण्ुता र […]
काठमाडौँ– नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ। विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत […]
२८ असोज, काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ […]
साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो । फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो […]
धनगढी : सुदूरपश्चिम सरकारले पहिलो चौमासिक सकिनै लाग्दा पनि कर्मचारी सरुवा गर्न सकेको छैन। तीन महिनादेखि कर्मचारी सरुवा गर्ने कसरतमा लागेको सरकारले फेरि चौथो पटक सरुवाको कार्यविधि संशोधन गरेको छ। कर्मचारी सरुवा नियमित रुपमा गरिनुपर्ने भए पनि प्रशासन र लेखा समूहका कर्मचारीलाई सरकारले सरुवा गर्न सकेको छैन। मन्त्री र सांसद निकट कर्मचारीहरुलाई आकर्षक कार्यालय र विभागमा […]
काँकडभिट्टा — अघिल्लो वर्ष जनवरी २१ को दिन दुर्घटनामा परेका खोटाङको लामाखोपका २२ वर्षीय अभिनय राईलाई भारतको बिहारको पटनास्थित अस्पतालले बन्धक बनाएर राखेको खुलेको छ । विगत १० महिनादेखि उपचारार्थ राईलाई चिकित्सकले एक महिना अघि नै डिस्चार्ज गरे पनि उपचारमा लागेको सबै खर्च नबुझाएको भन्दै पटनाको श्रीराम पद्मा अस्पतालले उनलाई बन्धक बनाएर राखेको हो । ‘छोराको उपचारमा […]
कर्णाली: गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे। खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो। अझै उक्त सहमति कार्यान्वयन भएको छैन। बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै निराश भएका छन्। […]
धनगढी: धनगढीबाट छुटेको विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्र्तगत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा से १ ज ११०५ नम्बरको विङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विङ्गरमा सबार ११ र एकजना मोटरसाइकल चालक गरी १२ जना घाइते भएका हुन्। मोटरसाइकल चालक धगगढी वडा नम्बर १५ का […]
धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर प्रख्यातले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई ज्यान मार्ने धम्की दिएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रमुख सचिव बुर्लाकोटीलाई कुँवरले धम्की दिएका हुन्। प्रशासन र लेखा समूहका कर्मचारी सरुवाको विषयमा स्वकीय सचिव कुँवरले प्रमुख सचिव बुर्लाकोटीलाई दुव्र्यवहार गर्दै धम्की दिएका हुन्। ‘मुख्यमन्त्री तथा […]
धनगढी: दसैँको अवधिमा धनगढीको कपडा बैंक बन्द हुने भएको छ। उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरीमा रहेको कपडा बैंक ५ दिसम्म बन्द हुने भएको हो। असोज २७ गते बुधबारदेखि कार्तिक १ गतेसम्म बैंक बन्द हुने बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। हाल कपडा बैंकले संकलन भएका कपडा निःशुल्क वितरण गरिरहेको छ। दिनेश खबरबाट साभार
धनगढीः दशैँको पिङ बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका–६ माण्डुमा दशैँका लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो। प्रहरीका अनुसार लामा पिङको लठ्ठा बाँध्ने क्रममा खसेका थिए। लडेर घाइते भएका लामालाई तत्काल उद्धार गरी अस्पताल लगिएकोमा उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जनाइएको […]
धनगढीः बाजुरा क्षेत्रमा सुक्खा पहिरो खसेपछि कर्णाली नदी थुनिएको छ। सुक्खा पहिरो खस्या खस्यै भएपछि नदी थुनिएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्वामिकात्तिक गाउँपालिका वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको हो। नदी थुनिएर एक किलोमिटर ड्याम बनेको बताईएको छ। पहिरो खस्ने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ। बिहान पूर्णरुपमा थुनिएको नदी […]
विराटनगर — दिउँसोको तीन बजेको थियो । मोरंङको धनपालथान गाउँपालिकाको कर्सिया बजारस्थित सिटिजन्स बैंक शाखामा सोमबार सामान्य ढंगले कारोबार भइरहेको थियो । विराटनगरबाट २० किमी पूर्वमा उक्त बजार पर्छ । ड्यूटिमा तैनाथ सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालले सेवाग्राहीको सुरक्षा जाँच गर्दै भित्र पठाइरहेका थिए । त्यसक्रममा सरासर भित्र प्रवेश गर्ने तीन व्यक्तिलाई रोकेर के कामको लागि आएको भनि प्रश्न […]
धनगढीः दसैँमा पनि बैंकहरूले सेवालाई निरन्तरता दिएका छन्। बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन्।चाडबाडको बेला सेवाग्राहीको सहजताका लागि बैंकिङ कारोबारलाई निरन्तरता दिइएको सम्बन्धित बैंकहरूले बताएका छन्। सुदूरपश्चिममा बैंकहरू खुल्ने दिन र समयतालिका यस प्रकार छ। सुदूरपश्चिमः एनआइसी एशिया बैंक बैंक खुल्नेः बिहान ११ देखि दिउँसो २ बजेसम्म सप्तमी–धनगढी चौराहा, महेन्द्रनगर, बौलिया, […]
जुम्ला– जुम्लाको पातारासी गाउँपालिका ३२ वर्षीय गोर्ख बुढा भेडा–च्यांग्रा बेच्न पोखरा पुगेका छन् । उनी हवाई जहाज चढेर पोखरा झरेका हुन् । शिक्षकसमेत रहेका बुढाको समूहमा ८ जना छन् । उनी आउनुअघि नै समूहका अन्य सदस्यले च्यांग्रा पोखरा ल्याइसकेका थिए । स्कुल बिदा नभएका कारण ढिला गरी आउनुपरेको बुढाले बताए । ‘स्कुल बिदा नहुँदा पढाउनुपर्छ । […]
दसैँ भित्रिएसँगै गाउँघर रमाइलो बनेको छ । परदेशिएकाहरु दसैँ मनाउन घर फर्कने क्रम जारी छ । दसैँमा आफन्तको हातबाट टीका, जमरा ग्रहण गर्ने र आशीर्वाद लिने गरिन्छ भने दसैँलाई सामाजिक सद्भाव र मेलमिलापको पर्वका रुपमा पनि मनाइन्छ । दसैँलाई लक्षित गर्दै कर्णालीका सांसदहरुले पनि राजधानी छाड्ने क्रम सुरु भएको छ । त्यसो त, कर्णालीका सांसदहरु फुर्सदिला […]
धनगढीः नेपालगन्जबाट मुगुका लागि छुटेको बस यहाँस्थित छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ। दुर्घटना आज (मंगलबार) दिउँसो २ बजेतिर भएको हो। बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। यस्तै दुर्घटनामा १८ जना घाइते भएको बताईएको छ। ‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ […]
धनगढीः दार्चुलामा प्रहरीले पक्राउ गरिएका जुवाडेहरूलाई दशैँ बिदामा छाडेको छ। असोज २४ गते जुवाखालबाट पक्राउ परेका ब्यास गाउँपालिका ३ का वडाअध्यक्ष उपेन्द्रसिँह धामीसहित १२ जुवाडेलाई प्रहरीले दशैंसम्मका लागि छाडेको हो। उनीहरूमाथि मुलूकी अपराध संहिता २०७४ अनुसार जुवातास खेल्न खेलाउन नहुने कसुरमा मुद्दा दर्ता भएको थियो। २ लाख ३७ हजार रुपैयाँ नगद र ११ थान मोबाइलसहित पक्राउ […]