होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि […]
काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीको विभाजन रोक्नको लागि हदैसम्मको प्रयास गरेको र त्यसको लागि लचकता अपनाएको स्पष्ट पारेका छन् । आजबाट ललितपुरको गोदावारीमा सुरु भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले राष्ट्रिय, […]
काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।
धनगढीः डोटीमा दसैं विदामा पनि विद्यालयहरुले पठनपाठन गर्ने जनाईएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले दसैं विदाको समयमा पनि गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरु खुला रहने जनाएको हो। आज (शुक्रवार) एक सुचना जारी गर्दै गाउँपालिकाका सामुदायिक विद्यालयहरु हालसालै खुलेको र कोभिडले पठनपाठन प्रभावित भएकाले दसैं विदामा समेत पठनपाठन गरिने जानकारी दिएको छ। पहिलेजस्तो दसैं विदा नदिईने जनाउदै […]
काठमाडौं । नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् । ललितपुरको गोदावरीमा शुरु हुन लागेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ५ जना रहने व्यवस्था छ । यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन […]
सल्यान — बाग्चौरबाट खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले ठक्कर दिँदा शिवजन मावि सितलपार्टीमा अध्ययनरत पाँच जना छात्रा गम्भीर घाइते भएका छन् । शारदा नगरपालिका–६ बरला घर भइ शुक्रबार बिहान १० बजे विद्यालय आउँदै गर्दा राप्ती राजमार्ग अन्तर्गत शारदा नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा सल्लाको छहारीमा सितलमा उभिएका छात्रालाई जिपले ठक्कर दिएको थियो […]
काठमाडौँ– नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेमा लागेका तत्कालीन माओवादी केन्द्रका नेता प्रभु साहको समूह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने भएको छ । आफू एमाले भन्दा पनि नेकपाकै निरन्तराको पक्षमा रहेको बताउँदै आएका साहले विभिन्न ८ बुँदे प्रस्ताव अध्यक्ष केपी शर्मा ओली समक्ष राखेका थिए । बिहीबार अध्यक्ष ओली महासचिब ईश्वर पोखरेलसँग छलफल भए […]
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको जानकारी दिए । समितिका अनुसार नेपालमा भने असोज […]
काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । बबरमहलस्थित कार्की व्यांक्वेटमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा पार्टीका नेताहरुको राजनीतिक प्रशिक्षण हुनेछ । बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि पेश गर्ने छन् । त्यसपछि विभिन्न समूह बनाएर प्रतिवेदन […]
नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । देशैभरका ६ हजार भन्दाबढी नेता कार्यकर्ता सहभागी हुने उक्त महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले सवा १२ बजे उद्घाटन गर्दैछन् । महाधिवेशनमा भाग लिन सम्मेलनस्थलमा नेता कार्यकर्ता पुग्न थालिसकेका छन् । तर, एमालेको इतिहासमा पहिलो पटक हुन लागेको यो विधान महाधिवेशनमा एमाले बनाउने मध्येका र लामो समय […]
पोखरामा एक किशोरी मृतावस्थामा भेटिएकी छिन् । पोखरा अधिकारी टोलस्थित बन्द कोठाभित्र बाजुराको जगन्नाथ –१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह मृतावस्थामा फेला परेकी हुन् । स्थानीयले बन्द कोठाबाट दुर्गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेपछि ताला फोरेर हेर्दा किशोरीको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले कोठाको ढोका फोरेर खानतलासी […]
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ । माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार […]
१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसरमा नेपाल टेलिकमले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सिमकार्ड निःशुल्क दिने भएको छ । निःशुल्क सिमकार्ड यही असोज २५ गतेसम्म मात्र पाइने छ । यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेटसम्म कुरा गर्ने, २० वटा एसएमएस […]
नागरिक रैबार/बाजुरा १५ असोज। बडीमालिका नगरपालिकाको एम्वुलेन्स तोडफोड गरिएको छ । विहिबार साँझ नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को मतगणना भईरहेको बेला नगरपालिका बाहिर राखिएको एम्वुलेन्स र सूचना प्रवाहका लागि कार्यालयमा टाँसिएको डिजिटल बोर्ड काँग्रेसका कार्यकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नगरपालिकाको एम्वुलेन्स र डिजिटल बोर्ड तोडफोड गर्ने नेपाली […]
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा अवरोध गरिरहे अधिवेशन अन्त्य गर्ने विषयमा राजनीतिक दलहरूबीच छलफल भएको छ । एमाले अनुपस्थित रहेको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरूबीच अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भए पनि कुनै निर्णय भएन । बालुवाटारमा बिहीबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादर देउवासहित विभिन्न दलका नेता । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा भइरहेको […]
धनगढी: बझाङमा शुक्रबार बिहानै भूकम्प गएको छ।भूकम्प पापन केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५५ मिनेटमा जिल्लाको सुर्मा गाउँपालिकाको दौलिचौर केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्युटको भूकम्प गएको हो।
तत्कालीन ‘नेपाल गभर्मेन्ट रेल्वे’ को एक हजार ७ सय ४९ बिघा जग्गा अतिक्रण गरिएको छ। रक्सौल–अमलेखगन्ज रेल मार्गमा पर्ने उक्त जग्गा व्यक्ति र उद्योगहरूबाट अतिक्रमणमा परेको हो। विक्रम संवत् १९८४ अर्थात् सन् १९२७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा ‘नेपाल गभर्मेन्ट रेल्वे’ स्थापित भएको थियो। २०२२ सालतिर उक्त रेल सेवा बन्द भएपछि त्यसका संरचना र […]
जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षा हुने स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज भारतको झार खण्ड […]
शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । […]
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका […]