होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीबाट छुटेको विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते
समाचार

धनगढीबाट छुटेको विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते

  • नागरिक रैबार
धनगढीबाट छुटेको विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते

धनगढी: धनगढीबाट छुटेको विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्र्तगत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा से १ ज ११०५ नम्बरको विङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विङ्गरमा सबार ११ र एकजना मोटरसाइकल चालक गरी १२ जना घाइते भएका हुन्।

मोटरसाइकल चालक धगगढी वडा नम्बर १५ का लक्ष्मण चौधरीको अवस्था गम्भीर छ। धनगढीबाट टीकापुर गइरहेको विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चौमलाका प्रहरी नायब निरीक्षक विरबहादुर बोहराले दिनेशखबरलाई जानकारी दिए।

घाइतेलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशि अस्पताल पठाइएको उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार