होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ३१, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका मुख्यमन्त्रीका स्वकीयले दिए प्रमुख सचिवलाई ज्यान मार्ने धम्की
समाचार

सुदूरपश्चिमका मुख्यमन्त्रीका स्वकीयले दिए प्रमुख सचिवलाई ज्यान मार्ने धम्की

  • नागरिक रैबार
सुदूरपश्चिमका मुख्यमन्त्रीका स्वकीयले दिए प्रमुख सचिवलाई ज्यान मार्ने धम्की

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवर प्रख्यातले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई ज्यान मार्ने धम्की दिएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रमुख सचिव बुर्लाकोटीलाई कुँवरले धम्की दिएका हुन्। प्रशासन र लेखा समूहका कर्मचारी सरुवाको विषयमा स्वकीय सचिव कुँवरले प्रमुख सचिव बुर्लाकोटीलाई दुव्र्यवहार गर्दै धम्की दिएका हुन्।

‘मुख्यमन्त्री तथा मन्त्रीहरुको इच्छाअनुसार कर्मचारीको सरुवा गर्न प्रमुख सचिव राजी नभएपछि मुख्यमन्त्री भट्टले स्वकीय सचिवमार्फत धम्की दिन लगाएका हुन्,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले भने। काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले पनि प्रमुख सचिव बुर्लाकोटीमाथि दुव्र्यवहार भएको बताए।

ज्यान मार्ने धम्की आएको हो ? भन्ने दिनेशखबरको प्रश्नमा प्रमुख सचिव बुर्लाकोटीले भने,  ‘हावा नचली पात त हल्लिन नी।’ यता स्वकीय सचिव कुँवरलाई पटकपटक फोन गर्दा सम्पर्क हुन सकेन। सुदूरपश्चिम प्रदेश सरकारले साउन र भदौंमा गर्नुपर्ने कर्मचारी सरुवा मुख्यमन्त्री, केही मन्त्री तथा प्रमुख सचिवको बीचमा सहमति हुन नसक्दा रोकिएको छ। मुख्यमन्त्री तथा मन्त्रीहरुले सरुवामा अस्वाभाविक खेल्न चाहेको कारण सरुवा पेचिलो बनेको कर्मचारी स्रोतको दाबी छ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार