होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ३१, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भेडा–च्यांग्रा बेच्न जहाज चढेरै पोखरा पुगे जुम्लाका व्यापारी
समाचार

भेडा–च्यांग्रा बेच्न जहाज चढेरै पोखरा पुगे जुम्लाका व्यापारी

  • नागरिक रैबार
भेडा–च्यांग्रा बेच्न जहाज चढेरै पोखरा पुगे जुम्लाका व्यापारी

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका ३२ वर्षीय गोर्ख बुढा भेडा–च्यांग्रा बेच्न पोखरा पुगेका छन् । उनी हवाई जहाज चढेर पोखरा झरेका हुन् ।
शिक्षकसमेत रहेका बुढाको समूहमा ८ जना छन् । उनी आउनुअघि नै समूहका अन्य सदस्यले च्यांग्रा पोखरा ल्याइसकेका थिए ।

स्कुल बिदा नभएका कारण ढिला गरी आउनुपरेको बुढाले बताए । ‘स्कुल बिदा नहुँदा पढाउनुपर्छ । व्यापार गरेर हिँड्न मिल्दैन,’ बुढाले भने, ‘दसैँ बिदा भएपछि मात्र च्यांग्रा बेच्न पोखरा आएको हुँ ।’

बुढाबाहेक अरू साथी र आफन्तले नै च्यांग्रा खोजेर पोखरा ल्याउँछन् । उनीहरूको समूहले बझाङका विभिन्न ठाउँबाट ३५० वटा च्यांग्रा पोखरा उतारेका छन् ।
गाउँ–गाउँ पुगेर च्यांग्रा संकलन गर्न अहिले बिक्री गर्नुभन्दा बढी दुःख हुने गरेको बुढाको भनाइ छ ।

विज्ञापन

‘साथीहरू च्यांग्रा खोज्न जाँदा घर छाडेको २ महिना भइसक्यो । हामीले किन्दा सानो–ठूलो हुँदैन । होलसेलमा किन्नुपर्छ,’ उनले भने, ‘गाउँमा च्यांग्रा किन्दा नै प्रतिस्पर्धा हुन्छ ।’

बझाङको चैनपुरबाट मात्र च्यांग्रालाई गाडी चढाएको बुढाले बताए । दिनरात गरी चैनपुरबाट ४ दिनमा च्यांग्रा पोखरा ल्याइएको थियो । गाडीमा ल्याउँदा एउटा गाडीको मात्र डेढ लाख रुपैयाँ बढी भाडा तिर्नुपरेको उनले जानकारी दिए ।

बुढाको समूहले मात्र च्यांग्रा ल्याउन ३ वटा गाडी रिजर्भ गरेको थियो । पोखरा ल्याइएको च्यांग्रा २० हजारदेखि ५५ हजार रुपैयाँसम्मका छन् ।

हुम्ला, मुगु र डोल्पा नाकाबाट तिब्बती च्यांग्रा पोखरा ल्याएर बेचेको उनलाई अनुभव छ । यसका अलावा मुस्ताङको कोराला नाकाबाट समेत च्यांग्रा भित्रिन्थ्यो । कोरोना महामारीले बन्द तिब्बत नाका अझै खुल्न सकेको छैन । व्यापारीले तिब्बती च्यांग्रा ल्याउन सकेनन् ।पालिका खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार