होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ असोज ।बाजुरा जिल्लामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले १५ औँ विश्व पशुपन्छी दिवस बाजुरामा पनि मनाईएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द बाजुरा र बडिमालिका नगरपालिका पशु सेवा शाखा को संयुक्त आयोजनामा, “पशु कल्याण मा अभिवृद्धि, दिगो बिकास र समृद्धि” भन्ने नाराका साथ १५ औं […]
नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिबेशनको निर्वाचन प्रक्रियामा अघि बढेको छ । निर्वाचन समिति बाजुराले सोमबार बिहान ८ बजे बाट मनोनयन दर्ता प्रक्रिया शुरु गरेको छ । निर्वाचन कार्यलय तालिका सार्वजनिक गर्दै मनोनयन दर्ता प्रक्रिया अघि बढेको हो । मतदान प्रक्रिया भने १९ गते बिहान ८ बजे बाट शुरु हुने निर्वाचन समिति बाजुराले जनाएको छ […]
नागरिक रैबार/बाजुरा १८ असाेज नेपाली काँग्रेस बाजुराका कार्यसमिति सदस्य तथा बडीमालिका ८ का वडा अध्यक्ष युवा नेता प्रकाश रावल साताैं जिल्ला अधिवेशनमा सहसचिवका बलिया उम्मेद्वार बनेका छन् । बडीमालिका नगरपालिकालाई काँग्रेसकाे किल्लाका रूपमा अगाडि बढाउदै गएका युवा नेता रावल काँग्रेसकाे जिल्ला सहसचिवका बलिया उम्मेदवारका रूपमा हेरिएका छन् । काँग्रेसमा युवा पुस्ताबाट राजनिती क्षेत्रमा प्रवेश गरेका […]
काठमाडौं । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो । गान्धीलाई प्रहरीले लखनउमै रोक्न खोजेको थियो । सो […]
काठमाडौँ- मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराज सापकोटाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिनेछ । त्यसका लागि कम्तीमा आगामी आइतबार/सोमबार लाग्न सक्नेछ । ‘पश्चिमबाट सुधार हुँदै पानी पर्न कम हुँदै पूर्वतर्फ सरेर मात्रै मनसुन बाहिरिने हो, अझै केही दिन वर्षा […]
कैलालीः सर्वोच्च अदालतमा आज सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा पेसी तोकिएको छ। जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए। १४ जेठमा मुख्यमन्त्री भट्टले ७ सदस्यमा केहीको निरन्तरता र केही थप्दै ११ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन […]
नेकपा एमालेले अनलाइन मार्फत पार्टी सदस्यता दिने तयारी गरेको छ । ललितपुरको गोदावरीमा भएको पार्टीको पहिलो विधान महाधिवेशनमा यसबारे जानकारी दिइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सो एप्लिकेसनकाे उद्घाटन गरेका छन् । एप्लिकेसनबाट पार्टी सदस्यताका लागि आवेदन दिन सकिने र अनलाइनबाटै स्वीकृति दिइने पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सो एप्लिकेसनमा […]
काठमाडौं । नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गरेका हुन् । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो । एपले सबै […]
नागरिक रैबार/बाजुरा १७ असोज। बाजुराको कोल्टी डिपोमा ४ सय क्विन्टल चामल पुगेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल सकिएको २ महिनापछि डिपोमा चामल पुगेको हो । निरन्तरको वर्षाका कारण अवरुद्ध रहेका सडकका कारण चामल ढुवानी नहुँदा डिपोमा रहेको मौज्दात चामल सकिएको थियो । चामलको चरम अभाव भएको बेला चामल ढुवानी भएको […]
कामाडौं । सापटी दिएको रकम फिर्ता नगरेको आरोपमा एक व्यक्तिले ऋणीको श्रीमतीलाई बन्धक बनाएका छन् ।सापटी फिर्ता नगरेको अभियोगमा अर्काकी श्रीमती बन्धक बनाएको आरोपमा भक्तपुरका धिरज श्रेष्ठ पक्राउ परेको महानगरीय अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी चन्द्रकुवेर खापुङले बताए । उनका अनुसार तीन वर्षअघि श्रेष्ठले निर्माण बोम्जनलाई ५ लाख रुपैयाँ दिएका थिए। तर हालसम्म फिर्ता नगरेपछि […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन वटा संवैधानिक आयोगले आ-आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा थारु आयोग, राष्ट्रिय समावेशी आयोग र महिला आयोगका अध्यक्षहरुले आ-आफ्ना आयोगका वार्षिक प्रतिवेदनहरु बुजाएका हुन् । राष्ट्रपति कार्यालयमा थारु आयोगका अध्यक्ष विष्ण चौधरी, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना र महिला आयोगकी अध्यक्ष कमला पराजुलीले […]
अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । लघु वित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म व्याजदरमा ऋण लगानी गर्दै आएका छन् । आइतवार माइक्रो फाइनान्स एशोसिएशन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाँउ गाउँसम्म पहुँच रहेका लघु वित्त संस्थाहरुले व्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने धारणा राखे […]
सरकारले फलामे छडमा लाग्दै आएको अन्तःशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सङ्घमा आवद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तःशुल्कमा […]
कञ्चनपुर: काँकडभिट्टादेखि कञ्चनपुर आउँदै गरेको बस बस दाङमा दुर्घटनामा परेको छ। मे१ख ३२८८ नम्बरको बस आइतबार लमही नगरपालिका–५ रातो डाँडामा दुर्घटना भएको हो। दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन्। ती मध्ये दुई जनाको टाउकामा चोट लागेको छ भने अन्य ५ जना सामान्य घाइते भएका छन्। आइतबार दिउँसो २ बजे अगाडिको टायर पड्किँदा बस अनियन्त्रित […]
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा आयोजित पार्टीको कार्यकर्ता भेलामा झडप भएको छ ।क्रियाशील सदस्यताको विषयमा असहमति जनाएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा देउवा पक्ष पनि प्रवेश गर्न खोज्दा झडप भएको हो । झडपका क्रममा दुवै पक्षका केही नेता कार्यकर्ता समान्य घाइते भएका छन् । तर जिल्ला […]
काठमाडौं। सरकारले ११ जना प्रमखु जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरासहित सरकारले ११ जिल्लाका सीडीओहरुको सरुवा गरेको गृहमन्त्रालयले जनाएको छ । गृहका अनुसार हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो । इलाका प्रशासन कार्यालय टीकापुरमा कार्यरत मोहनराज जोशीलाई डडेल्धुरामा पठाइएको छ भने डडेल्धुरामा […]
धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधिले भ्रष्टाचार गरेको भन्दै लामो समयदेखि धर्नामा बसेका स्थानीयवासीले आइतबार भैंसी जुलुस प्रदर्शन गरेका छन् । भ्रष्टाचार विरुद्ध संयुक्त संघर्ष समितिले विभिन्न शीर्षकमा सूचना माग्दै विगत १४ दिनदेखि अनसनलाई निरन्तरता दिँदै आएको छ । संघर्ष समितिको आन्दोलनलाई समर्थन गर्दै आइतबार स्थानीयवासीले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भैंसी जुलुस निकालेका हुन् । विभिन्न […]
नेकपा एमालेले आफ्नाे आधिकारिक लाेगाे फेरेकाे छ । ललितपुरकाे गाेदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लाेगाे पारित गरेकाे हाे । उपमहासचिव विष्णुप्रसाद पाैडेलले विधान संसाेधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेकाे नयाँ लाेगाे प्रस्ताव गरेका हुन् । एमालेकाे अवकाे लाेगाे सूर्यभित्र राताे पृष्ठभूमिमा सुनाैलाे हँसिया हथौडा रहनेछ । महाधिवेशनका प्रतिनिधिहरूले साे लाेगाे ताली बजाएर पारित गरेका […]
नेकपा एमालेको जारी विधान महाधिवेशनले ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान संशोधनमार्फत गरेको छ । यसले मुख्य त हालका अध्यक्ष केपी शर्मा ओली लक्षित छ । आइतबार ७० वर्षे उमेर हदबारे व्याख्या गर्दै […]
राजेन्द्र बिक बाजुरा,१७असोज । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी तपाइको मास्क खै भन्दै सदरमुकाम मार्तडीमा बजार परिक्रममा निस्किनु भएको छ। ६६ औँ प्रहरी दिवस को अवसरमा आज जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको तपाइँको मास्क खै कार्यक्रम अन्तर्गत मार्तडी बजारमा निकालिएको र्यालिमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको […]