होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने भएको छ । आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका हुन् । त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ गरी परिमार्जित प्रस्ताव अघि सार्दै यो प्रस्ताव अनुमोदन हुने विश्वास […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन् । आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चित भइसकेको बताए । उनका अनुसार ४० […]
नागरिक रैबार/बाजुरा १७ असोज। नेपाली काँग्रेस बाजुराको ७ औ जिल्ला अधिबेशनबाट सभापतिको उम्मेदवारीमा तयारी गरेका नेता चक्र शाले सभापति सहितको आफ्नो छुट्टै प्यानल घोषणा गरेका छन् । नेता शाहले मार्तडीमा आज पत्रकार सम्मेलन गर्दै ७ औं जिल्ला अधिवेशनका लागि सभापतिमा आफु रहने गरी छुट्टै प्यानलको घोषणा गरेका हुन् । नेता शाहले ७ औं जिल्ला अधिवेशनमा […]
राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।
बझाङ, १७ असोज । बझाङ र बाजुरामा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न गरेर नेता कार्यकर्ताहरू जिल्ला अधिवेशनको चटारोमा छन् । बझाङका दुवै प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । बाजुरामा देउवा र पौडेल दुवै पक्षले एकरएकवटा निर्वाचन क्षेत्रमा विजयी भएका छन् । बझाङको प्रदेश निर्वाचन क्षेत्र क–बाट देउवा पक्षका उम्मेदवार पुस्कल बोहरा र […]
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेन्ट लागेर मरेको पुष्टि गरेको छ । आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए । रामका अनुसार […]
काठमाडौँ — नेकपा (एमाले)को विधान महाधिवेशनको तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ । आइतबार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ-आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएसँगै समूहगत छलफलको रिपोर्टिङ गर्ने काम सकिएको हो । प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट […]
धनगढी : बझाङमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत गायब भएका छन्। जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शुक्रबार राति १२ बजेछि पार्टीको सम्पर्कमा नरहेको बझाङ कांग्रेसका नेताहरुले बताएका छन्। जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहले प्रतिस्पर्धा गरिरहेको स्रोतले बताएको छ। पूर्वमन्त्री सुरेश मल्ल, अर्जुनजंगबहादुर […]
नागरिक रैबार/बाजुरा १७ असोज। नेपाली कांग्रेस बाजुराको सातौ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचनका लागी देउवा र पौडेल समुह बीच प्रतिस्पर्धा हुने सम्भावना छ । शनिबारबाट सातौ जिल्ला अधिवेशन प्रारम्भ भई प्रश्चात सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल देखिन्छ । भने जिल्ला सभापति निर्वाचनबाटै चुनिने जनाएको छ । अधिवेशनमा सभापतिका आकांक्षीहरू बढेपछि सहमती गर्ने प्रयास […]
काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष […]
महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार ओछयानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेका […]
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको […]
शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पु¥याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् । नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पु¥याउन थालेको छ । ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका […]
काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको अन्तिम दिन पत्रकारहरुलाई प्रवेश दिइने भएको छ । ‘आइतबार ११ बजेदेखि पत्रकारहरुलाई महाधिवेशन हलमा प्रवेश दिने निर्णय भएको छ’,महाधिवेशन मुल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले जानकारी दिए । आइतबार पाँच समुहका टोली नेताले सुझाव पेश गरेपछि अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले उठेका प्रश्नको जवाफ […]
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आईतबार बस्दै छ । आईतबार बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छनोट गर्ने बताइएको छ । यद्यपी बैठकको समय भने निश्चित भइनसकेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘बैठक बस्ने भनेको हो, तर अहिलेसम्म समय निश्चित भएको छैन’, ढकालले […]
काठमाडौं, असोज १७ । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित […]
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको छ । विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ सम्म तोकेको भएपनि मनसुनको प्रभाव अझै कायम रहने जनाएको हो । विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय […]
नागरिक रैबार/बाजुरा १६ असोज।नेपाली काँग्रेस बाजुराकी नेतृ राधिका देवि सुनारले आफ्नो उम्मेदवारी महाधिवेशन प्रतिनिधिमा रहेको घोषणा गरेकी छन् । त्रिवेणी नगरपालिकाकी उपप्रखुख समेत रहेकी काँग्रेस नेतृ सुनारले नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि (दलित महिला) को तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताएकि हुन् । बिपिको समाजवादलाई आत्मसाथ गर्दै निरन्तर नेपाली काँग्रेसको सक्रिय राजनीतिमा […]
अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । नेपाल–भारत सीमा अन्तर्गत रामनगर […]
नेपाली काँग्रेसका नेता गगन थापाले नागरिकको बीचमा गएर भरोसा जगाउन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् । उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा […]