होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पटना अस्पतालमा एक महिनादेखि नेपाली बन्धक
समाचार

पटना अस्पतालमा एक महिनादेखि नेपाली बन्धक

  • नागरिक रैबार
पटना अस्पतालमा एक महिनादेखि नेपाली बन्धक

काँकडभिट्टा — अघिल्लो वर्ष जनवरी २१ को दिन दुर्घटनामा परेका खोटाङको लामाखोपका २२ वर्षीय अभिनय राईलाई भारतको बिहारको पटनास्थित अस्पतालले बन्धक बनाएर राखेको खुलेको छ । विगत १० महिनादेखि उपचारार्थ राईलाई चिकित्सकले एक महिना अघि नै डिस्चार्ज गरे पनि उपचारमा लागेको सबै खर्च नबुझाएको भन्दै पटनाको श्रीराम पद्मा अस्पतालले उनलाई बन्धक बनाएर राखेको हो ।

‘छोराको उपचारमा जम्माजम्मी १२ लाख भारु जति खर्च भयो’, बिरामीका बुवा तीर्थराज राईले कान्तिपुरसँग फोनमा भने, ‘अब साढे ६ लाख जति बुझाउन बाँकी छ, त्यो पैसा बुझाउन नसक्दा हामी बाबु छोरा नै बन्धक भएका छौं ।’

अभिनय राईका लागि २१ जनवरी बिर्सनै नसक्ने दिन थियो । पूर्वोत्तर भारत सिलोङको लाटुम्बाई कोइला खानीमा काम गर्दै गर्दा कोइला झिक्न प्रयोग गरिने क्रेन अचानक चुडिँयो । कोइलाले टनाटन भरिएको बडेमानको बाकससहित उनी करिब ९० फिट गहिरो खाल्डोमा खसे । गह्रौं कोइलाको भारीले थिच्दा उनको कम्मरमुनिको भाग चल्न छाड्यो ।

विज्ञापन

गहिरो र अध्याँरो खानीबाट जसोतसो उनलाई उद्धार गरी सिलोङको सुपरकेयर नामको एउटा निजी अस्पताल भर्ना गरियो । स्वास्थ्य परीक्षणमा स्वास्थ्य (मेरुदण्ड जोडने) हड्डी नै भाँचिएको देखियो । अस्पतालले उपचार सुरु गर्न थालेको मात्रै थियो ।लकडाउन सुरु भइदियो । लकडाउनपछि अस्पतालमा कोरोना संक्रमित विरामीको उपचारमा चिकित्सकहरु केन्द्रित भए । जसकारण उनको शल्यक्रिया राम्ररी हुन पाएन ।

करिब ७ महिना लामो अस्पताल बसाई पछि बल्लतल्ल अभिनयको अप्रेसन त भयो । तर डाक्टरले अप्रेसन नै बिगारिदिएको बुबा तीर्थराजको आरोप छ । ‘अप्रेसन बिग्रिएपछि अस्पतालले हतारहतार पटना रेफर गरिदियो, ’ बुबा तीर्थराजले भने । राईलाई थप उपचारका लागि दुई महिना अघि पटनास्थित हड्डीको अस्पतालमा भर्ना गरियो । बुबा तीर्थराजले भने, ‘पटनामा उपचार राम्रो भो, अप्रेसन पनि सफल भयो, तर खर्च तिर्न नसकेर महिना दिनदेखि बन्धक भयौं ।’ अप्रेसनपछि पनि बिरामी हिँडडुल गर्न सक्ने भने भएका छैनन् । उनले खुट्टा टेक्न सकेका छैनन, शरीर पनि सम्हालिन सकेको छैन ।

उनका अनुसार अस्पतालका चिकित्सकले महिना दिन अघि नै अभिनयलाई डिस्चार्ज गर्ने निर्णय सुनाएका थिए । तर, उपचार खर्च तिर्न नसक्दा अस्पताल प्रशासनले डिस्चार्ज गरिदिएन । ‘अस्पतालले तेरो घर हो यो छिटो पैसा तिरेर घर जाऊ भन्दै दिनै गाली गर्छ’, तीर्थराजले भने, ‘तर, साढे ६ लाख भारु कहाँबाट जुटाउने ?’

उनका अनुसार कोइला खानीका सरदारले दिएको केही लाख रकम उपचारमै सकियो । बुबा तीर्थराजका अनुसार छोरालाई अस्पतालबाट निकाल्न खर्चको जोहो गर्न आमा खोटाङ पुगेकी छन् ।कान्तिपुर समाचारबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार