होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चक्र बहादुर अएडी। हिजो राति आएको अविर वर्ष संगै आएको पहिरोले जिल्लाको बडिमालिका नगरपालिका वडा नम्वर ६ मा रहेको काफल डाँडा का दुई घर मा क्षेती हुदा सो घरका मानिसलाई अरुको घरमा सारिएको छ । पहिरो खस्दा काफल डाँडाको टोल पुरै टोल जोखिममा रहेको स्थानियले बताए । वडा नम्वर ६ को काफल डाँडामा टोलको माथि […]
बझाङ । बझाङको केदार स्युँ गाउँपालिका–८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै १ जना अझै बेपत्ता छन् । पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको छ । यस्तै सोही […]
धेरै रिस राख्ने हो भने मान्छेलाई रिसले सफलताबाट असफलता तर्फ लैजान्छ । व्यक्ति, परिवार, समाज हुँदै आफ्नो व्यवसाय हरेक काममा रिसले समस्या निम्त्याउन सक्छ । स्वास्थ्यको दृष्टीकोणले पनि रिसलाई राम्रो मानिदैन । मस्तिष्क मात्रै होइन मुटुमा रिसले असर गर्न सक्छ । रिसले हाम्रो स्वास्थ्यमा के–के बेफाईदा पु¥याउँछ भन्ने कुराको बारेमा डाक्टर ओम मूर्ति अनिलले जानकारी […]
बझाङ २० असार । बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा शनिबार बिहान गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । घटनास्थल नजिकै पुगेको सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए । दुर्घटनामा परि ३ जना घाइते भएका छन् । शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको […]
काठमाडौं २० असार : आज बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अर्को बैठक असार २२ गते बस्ने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो। बिहीबार केहीबेर बसेर स्थगित भएको […]
काठमाडौं २० असार। ललितपुरको खोकनामा आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का […]
नागरिक रैबार बाजुरा २२ जेठ बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाली सेनाको समरजित गुल्मले जिल्ला समन्वय समिति अगाडि ४ वडा वेडसहितको आईसोलेशन कक्ष तयार गरेको छ । विहिबार समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठ सहित नेपाली सेनाको टोलीले सदरमुकाम मार्तडीमा ४ वेडको आईसोलेशन कक्ष तयार गरेको हो । जिल्लामा यस अघि सदरमुकाम मार्तडीस्थित बाजुरा जिल्ला अस्पतालमा २, […]
उच्च जातीय अहंकारको ताण्डवले निम्त्याएको रुकुम नरसंहारले एकपटक नेपाली समाजलाई आफ्नो वास्तविक मुखुन्डो खोल्न बाध्य पारिदिएको छ। रुकुम नरसंहार यस्तो बेला भयो, जतिबेला नेपाली समाजको विविधताबारे बहस हुन छाडिसकेको थियो भने विभेद त झन्डैझन्डै सबै ठीकठाक भएजसरी प्रस्तुत हुन सरकारलाई असहज, अप्ठ्यारो र लोकलाज फिटिक्कै थिएन। जसोजसो सरकार र समाज सोहीबमोजिम नाच्ने नै भयो। गरिबी, […]
नागरिक रैबार बाजुरा २२ जेठ कोरोनाको संक्रमणबाट मृत्यु भएकी बालिका र उनकी आमाको उपचारमा सलग्न भएका पाँच जना स्वास्थ्यकर्मीको आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताएका छन् । उहाँका अनुसार मार्तडीमा रहेको आईसोलेशनमा खटिएका पाँच जना स्वास्थ्यकर्मीहरुका आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको हो । पाँच जना […]
राष्ट्रिय दलित पत्रकार संघ नेपालले जाजरकोट र रुकुम प्रवेशमा पत्रकारलाई रोक लगाएको भन्दै बिरोध गरको छ । रुकुम नरसंहारको स्थलगत अध्ययन तथा रिर्पोटिङका लागि जाजरकोट गएका राष्ट्रिय दलित पत्रकार संघ नेपालको ९ जनाको मिसन टोलीका राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष एवं पत्रकार खगेन्द्र सुनार र संघका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ […]
मेरो देशको इतिहासलाई पल्टाइ हेर अनि केहि कुरा लेख्न मन लाग्यो र वर्तमानमा मैले मेरो जिल्लाको गरागतिका निम्ति कलम चलाउन मन लाग्यो .। सार्वभौम सम्पन्न नेपाल कहिल्यै पनि कसैको उपनिवेश नबनेको स्वतन्त्र राज्य हो । साना ठुला क्रान्तिहरु भएता पनि ति क्रान्तिहरु सम्झाैता र समझदारी मै टुङगिएको यो देश वि.स २००७ साल तिरको राणा शासन […]
पाल्पा २२ जेठ । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित […]
नागरिक रैबार/बाजुरा २२ जेठ। एमसिसीका विरूद्वमा बाजुराका युवाहरू सडकमा उत्रिएका छन् । सरकारले एमसिसी नेपालकाे हित विपरित पारित गर्न खाेजेकाे भन्दै विहिबार बाजुराका युवाहरू विराेध जनाउदै सडकमा उत्रिएका हुन् । शेरबहादुर रावलकाे नेतृत्वमा बजार परिक्रमा गरेर शान्तिपूर्ण र्याली सहित एमसिसीकाे विराेधमा उत्रिएका हुन् । एमसिसी चाँहिदैन् देश वेच्न पाइदैन, नेपाली जनता बरु कोरोना सहन सक्छ […]
काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनको समय धेरै कलाकार फिल्म हेरेर, पुस्तक पढेर बिताइरहेका छन्, भने केही कलाकारलाई समाजसेवामा पनि देख्न सकिन्छ । निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत भने यो समय सुटिङ स्टुडियो निर्माण गरेर बिताइरहेका छन् । बस्नेतले थानकोटस्थित आफ्नै निवासमा सुटिङ स्टुडियो निर्माण थालेका हुन् । जसको ७५ प्रतिसत काम […]
“जात” मानिस हामी भन्दछौ जात एउटै रगत नेपाली धर्ती जन्मिए पछी उही हो जगत ! मानव भइ जिउने हामी समान बन्नुछ कुप्रथा बाट हुर्केका जडा आफैले खन्नुछ !! कसले ल्यायो जात र भात जानुन कानुन हाम्रो भन्दैन त्यस्तो सबैले मानुन !!! श्रम र सीप चल्दछ भने पानी नी चलाउ पुरानो रीत मान्दैन भनी आगोमा जलाउ […]
नागरिक रैबार/बाजुरा २२ जेठ। नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष एंव विद्यार्थी नेता जनक थापाले आफ्नो २९ औं जन्म दिनको अवसरमा क्वारेन्टाईनमा रहेका १ सय १५ जनालाई सर्जिकल मास्क वितरण गरेका छन् । विश्वमा महामारिका रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ बाट बच्नका लागि बाजुरा क्वाम्पसको क्वारेन्टाइनमा रहेकाहरुलाई सर्जिकल मास्क सगै डस्विन वितरण गरेको विद्यार्थी नेता थापाले […]
राजनीति देशको मुल नीति हो यसै नीतिका आधारमा राज्य संचालन हुने गर्दछ त्यसैले मुल नीति नै ठिक भएन भने तल ठिक हुँदैन भन्ने कुरा हामी सवैले पढ्दै, सुन्दै र भोग्दै आएको हो । त्यो मुल नीति वनाउने र नीतिलाई लागु गराउने महत्वपुणर् भूमिका राजनीतिक दल र जनताका प्रतिनिधिको रुपमा चुनिएका राजनीतिकर्मिको हो । कर्मचारीतन्त्र भनेको […]
रौतहट – रौतहट प्रहरीले लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय देवाही गोनाहिको गस्तीटोलीले २ वटा मोटरसाइकल २० किलो लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पालिका १२ पदमपोखरिका १८ वर्षीय शागर लामा, वर्ष १८ का अंकित लामा, २८ को विशाल लामा र वडा […]
सन्ताेष परियार । विचार । २०४० सालको दशकमा जन्मिएको हाम्रो पुस्ताले राजा ज्ञानेन्द्रको मकरतन्त्रबाहेक खासै निरंकुशतन्त्र भोग्नुपरेन । हामीले बहुदलीय प्रजातन्त्रसँगै हुर्कने मौका पायौं । २०४७ को प्रजातन्त्र पुनर्बहालीपछि नेपाली समाज फराकिलो भएको विश्वास सबैलाई थियो । जात, धर्म, भूगोल र लिंग लगायतका विशिष्टतामा विभक्त नेपाली समाजले मौलिकतासहित ‘राष्ट्रिय’ हैसियत पाउने र राष्ट्र निर्माणमा बराबर सहभागी हुने आशा […]
काठमाण्डाैँ २२ जेठ । अन्तरजातीय विवाहको विषयमा रुकुम पश्चिममा ६ जनाले ज्यान गुमाएको घटनाको अनुसन्धानमा सिंगाे दलित समुदायले संशय व्यक्त गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घकी मानवअधिकार उच्चायुक्तसहित विभिन्न अधिकारवादी सङ्घसंस्थाहरूले उक्त घटनाको निन्दा गर्दै नेपालले निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नुपर्ने माग गरिरहेका छन्। घटनापछि आन्दोलनमा उत्रिएको दलित समुदायले हाल सरकारले गठन गरेको अनुसन्धान गर्ने निकायमा नागरिक […]