होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जाजरकोट प्रवेशमा पत्रकारलाई रोकेपछि संघको बिरोध
समाचार

जाजरकोट प्रवेशमा पत्रकारलाई रोकेपछि संघको बिरोध

  • नागरिक रैबार
जाजरकोट प्रवेशमा पत्रकारलाई रोकेपछि संघको बिरोध

राष्ट्रिय दलित पत्रकार संघ नेपालले जाजरकोट र रुकुम प्रवेशमा पत्रकारलाई रोक लगाएको भन्दै बिरोध गरको छ ।

रुकुम नरसंहारको स्थलगत अध्ययन तथा रिर्पोटिङका लागि जाजरकोट गएका राष्ट्रिय दलित पत्रकार संघ नेपालको ९ जनाको मिसन टोलीका राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष एवं पत्रकार खगेन्द्र सुनार र संघका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मालाई जेठ २२ गते विहान सल्यानको सल्लीबजार नजिकै बालुवासंग्रही भन्ने ठाउँमा सल्यानको प्रहरीले माथिको आदेश भन्दै प्रवेशमा रोक लगाएको छ ।

उनीहरुलाई विहानदेखि प्रहरी नियन्त्रणमा राखिएको छ ।

विज्ञापन

संघले विज्ञप्ती जारी गरी घटनाको भत्सार्ना गरेको छ ।

dt journalistnews

प्रवेशमा रोकको घटनाले स्वतन्त्र पूर्वक हिड्न पाउने नागरिकको अधिकार कुण्ठितमात्र गरेको छैन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन भएको विज्ञप्तीमा उल्लेख छ ।

पत्रकारलाई घटना अध्ययन र समाचार संकलनमा रोक लगाउनु निरकुशताको पराकाष्ठ, अलोकतान्त्रिक र गैरकानुनी काम प्रशासनबाटै भएकाले भन्दै संघले विरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार