होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — रुकुम घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग देशभर उठिरहेको छ । घटना भएको ११ दिन बितिसक्दा पनि सरकारले अनुसन्धानमा गम्भीरता नदेखाएको आवाज पनि आउन थालेका छन् । गृह मन्त्रालयले छानबिन समिति गठन गरे पनि त्यसबाट विश्वस्त हुन नसकिने कतिपय सांसदहरु बताइरहेका छन् । निष्पक्ष छानबिन गर्न सर्वदलीय संसदीय उच्चस्तरीय छानबिन समिति […]
बैतडी : बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलासँगै क्वारेन्टाइनमा रहेका थप चारजनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । बैतडीको पुर्चौंडी नगरपालिका ४ स्थित मालिका मावि भटना क्वारेन्टाइनमा मृत्यु भएकी सोही ठाउँकी २२ वर्षीया सुनिता लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । […]
बलिउड नायक सलमान खानलाई पैसाको अभाव छैन । बलिउडमा धेरै सम्पती भएका नायकमा पर्छन्, सलमान । उनको पारिश्रमिक पनि उत्तिकै महंगो छ । हिजो आज सलमान प्रतिशतमा रहेर चलचित्रमा काम गर्ने गर्छन् । चलचित्रको नाफाको प्रतिशत लिने सर्तमा उनले चलचित्रमा अभिनय गर्ने गर्छन् । तर, विज्ञापनहरुमा भने उनको चर्को पारिश्रमिक देखिन्छ । हालै सलमानले नयाँ […]
जय बहादुर रावत/बाजुरा २१ ,फागुन । बाजुरा जिल्लाको सदरमुकाममा रहेको बडिमालिका युवा सुचना केन्द्रको सेफ द चिल्ड्रेन टोलीले अवलोकन गरिएको छ । सेफ द चिल्ड्रेन क्षेत्रिय प्रोग्राम मेनेजर सहितको टोली द्धारा बडिमालिका युवा सुचना केन्द्रको अवलोकन गरिएको हो ।सेफ द चिल्ड्रेन र पीसविन बाजुराको आर्थिक तथा प्राविधिक सहयोग र बडिमालीका नगरपालिका र नगरस्तरिय युवा संजालको […]
काठमाडौं- गत जेठ अन्तिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आफ्नो फेसबुक पेजमा शारीरिक व्यायाम गरिरहेका तस्बिरहरु सार्वजनिक गरे। दुई दिनको अन्तरमा दुई दर्जनभन्दा बढी तस्बिर सार्वजनिक गर्दै उनले लेखे, ‘नियमित शारीरिक व्यायामले प्रत्येक दिनलाई सरल, ऊर्जाशील र गतिशील बनाउँछ। स्वस्थ रहौं, खुसी रहौं।’ घरभित्र र बाहिर गरिरहेको व्यायामको तस्बिरलाई धेरै फेसबुक प्रयोगकर्ताहरुले […]
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपणका लागि झण्डै ५ घण्टा समय लागेको बताइएको छ । उनी होसमा फर्किएका छैनन् । होस आउनलाई झण्डै दुई घण्टा लाग्ने चिकित्सकहरुले बताएका छन् । अस्पतालले दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर […]
फागुन २१ सल्यान । आगोले जलेर सल्यानमा एक बालकको ज्यान गएको छ। जिल्लाको शिद्धकुमाख गाउपालिका वडा नं. १ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको ज्यान गएको हो। मंगलबार बेलुका साढे ८ बजे बुढाथोकीको घरमा आगलागी भएपछि आगो नियन्त्रण पश्चात बालक बुढाथोकीको शव घरको माथिल्लो तल्लामा जलेको अबस्थामा भेटिएको सल्यानका निमित्त प्रहरी प्रमुख […]
फागुन २१, दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश […]
फागुन २१ काठमाडौँ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रि ट्रान्सप्लान्ट डाइलासिस सकिएको छ । प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार बिहान ९ः३० बजेबाट सुरु गरिएको डाइलासिस दिउँसो १ः३० बजे सकिएको हो । डाइलासिस सकिएपश्चात अहिले २ः४५ बजे उहाँलाई बेड नम्बर ६०१ मा सारिएको छ । […]
फागुन २१ काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज ११ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा उहाँहरुलाई सपथ गराउनु भएको हो । नवनिर्वाचित सदस्यहरु इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती […]
एजेन्सी । अरबका दर्जनौँ मिडिया रिपोर्टका अनुसार अमेरिका र इजरायले चीन विरुद्धको आर्थिक र मनोवैज्ञानिक लडाईको रूपमा घातक कोरोनाभाइरसको निर्माण गरेको र फैलाएको आरोप लगाएका छन् । साउदी दैनिक समाचार पत्र अल–वटानको एउटा रिपोर्टमा यो दावी गरिएको छ छ कि अमेरिका र इजरायलबाट कोरोनाभाइरसको विकास गरिएको हो, यो कुनै संयोगको कुरा होइन । तर, अमेरिकामा […]
फागुन २१ झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्ने झापाको गौरादह नगरपालिकामा नेपाल बिद्यार्थी संघले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेको छ। गौरादह नगरपालिकाको ब्यस्त बजार डिपु चोकमा नेबिसंघले दिप प्रज्वलन गरेको हो । नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको नवौं स्मृती दिवसको अवसर पारेर गौरादह कृषि क्याम्पस र गौरादह बहुमुखी क्याम्पसका नेपाल बिद्यार्थी […]
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको जानकारी दिए । शल्यक्रियाका लागि कति समय लाग्ने यकिन नभएको बताउँदै उनले समय–समयमा प्रगतिबारे अपडेट गराइरहने बताए । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको […]
काठमाडौं– अर्थमन्त्रीमा डा युवराज खतिवडा पुन नियुक्त भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओलीले सम्हाली आएको अर्थ र सञ्चार तथा […]
बैतडीमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा बुधबार बिहान भएको बस दुर्घटनामा बैतडी सुर्नयाकी २२ वर्षीया बिनिता कुँवर, दार्चुला व्यासकी ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोबिन्दी कुँवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल घाइते प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि बैतडी र […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा २१ फागुन। बाजुरा जिल्लाको गौमुल गाउपालिका वडा नम्बर एक अन्द्राडीमा भेडालाई पाला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । गाउ नजिकै रहेको अलम्टा जंगालमा भेडा चराउन गएको समयमा मृत्यु भएको आफन्त देबबहादुर बोहराले बताउनुभयो ।मृत्यु हनेमा सोही ठाउका अन्दाजी २२ बर्षिया रामबहादुर बोहरा रहेको बोहराले जानकारी दिनुभएको छ । हिजो दिउसो […]
नागरिक रैबार/बाजुरा २१ माघ। अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रिय सदस्यमा बाजुराका ३ जना महिला नेतृ चयन भएकी छन् । अनेमसंघको माघ २१ गते काठमाण्डौमा भएको केन्द्रिय एकता सभा कार्यक्रमबाट बाजुराका ३ जना महिला नेतृ पुर्व संविधान सभा सदस्य बसुन्धरा रोकाया, अनेमसंघ बाजुरा अध्यक्ष मनदेवी ओली र पुर्व अनेमसंघ क्रान्तिकारी बाजुरा जिल्ला ईन्चार्ज तथा […]
काठमाडौं– विगत १ महिनादेखि नेतृत्वविहीन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका लागि प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी उपरीक्षक (एसपी) खटाएको छ । प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुखको रुपमा एसपी नातीराज गुरुङलाई पठाएको छ । यसअघि एसपी गंगा पन्तको चितवन सरुवा गरिएपनि उनले रमाना भने लिन पाएकी थिइनन् । चितवन प्रहरी प्रमुख रहेका एसपी दान बहादुर […]
काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का लागि चन्दा शंकलन गर्ने मुख्य व्यक्ति पक्राउ परेका छन् । प्रहरीको विशेष ब्यूरोको टोलीले विप्लव समूहको जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष अर्जुन कटुवालाई पक्राउ गरेको हो । विशेष ब्यूरो स्रोतका अनुसार कटुवाललाई कलंकीस्थित उनको निजी कार्यालयबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार कटुवाल विप्लव समूहका […]
२१ माघ, काठमाडौं । सरकारले चीनको वुहानमा रहेका आफ्ना नागरिकहरुलाई नेपाल ल्याउने तयारी पूरा भएको बताएको छ । त्यसका लागि संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार आदेश पनि जारी भएको छ । मंगलबार संसदलाई यसबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपालीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न मन्त्रिपरिषद बैठकले […]