होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • जन्मदिनको अवसरमा थापाले गरे क्वारेन्टाईमा मास्क वितरण
स्वास्थ्य-जीवनशैली

जन्मदिनको अवसरमा थापाले गरे क्वारेन्टाईमा मास्क वितरण

  • नागरिक रैबार
जन्मदिनको अवसरमा थापाले गरे क्वारेन्टाईमा मास्क वितरण

नागरिक रैबार/बाजुरा २२ जेठ।  नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष एंव विद्यार्थी नेता जनक थापाले आफ्नो २९ औं जन्म दिनको अवसरमा क्वारेन्टाईनमा रहेका १ सय १५ जनालाई सर्जिकल मास्क वितरण गरेका छन् ।

विश्वमा महामारिका रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ बाट बच्नका लागि बाजुरा क्वाम्पसको क्वारेन्टाइनमा रहेकाहरुलाई सर्जिकल मास्क स‌गै डस्विन वितरण गरेको विद्यार्थी नेता थापाले बताएका छन् ।

विज्ञापन

जन्मदिनलाई तामझामका साथ मनाएर खर्च गर्नुभन्दा क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गरेर आफ्नो जन्मदिनको अवसरमा उक्त सामाग्रीहरु वितरण गरेको थापाले बताएका छन् ।

विहिबार बडीमालिका नगरपालिकाकी उप्रमुख कविता विष्ट लगायत अन्य विद्यार्थीहरु बाजुरा क्याम्पसको क्वारेन्टाइनमै पुगेर उक्त सामाग्रीहरु वितरण गरेका हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार