होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रौतहटमा २० किलो गाँजासहित ४ जना पक्राउ
देश/प्रदेश

रौतहटमा २० किलो गाँजासहित ४ जना पक्राउ

  • नागरिक रैबार
रौतहटमा २० किलो गाँजासहित ४ जना पक्राउ

रौतहट – रौतहट प्रहरीले लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय देवाही गोनाहिको गस्तीटोलीले २ वटा मोटरसाइकल २० किलो लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पालिका १२ पदमपोखरिका १८ वर्षीय शागर लामा, वर्ष १८ का अंकित लामा, २८ को विशाल लामा र वडा ११ का निरज लामा रहेको प्रहरी निरीक्षक मेदनी साहले बताएका छन् ।

आज बिहान ३ बजे मौलापुर चोकबाट जयनगर चोक तर्फ जाँदै गरेको बा ६४ प ९३०७ र ना ४५प ६३९४ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा दुबैबाट झोलामा लुकाएको अवस्थामा प्रतिझोला १० किलोको दरले २० किलो गाँजा बरामद भएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

विज्ञापन

बरामद गाँजा मोटरसाइकल र चारैजना तस्करलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले गांजा सहित पक्राउ चारैजना माथी लागूऔषध ओसारपसार सम्बन्धि मुद्दा दर्ता भइ थप प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार