होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमा कोरोनाको संकमणबाट मुत्यु हुनेकाे संख्या १० पुग्याे
समाचार

नेपालमा कोरोनाको संकमणबाट मुत्यु हुनेकाे संख्या १० पुग्याे

  • नागरिक रैबार
नेपालमा कोरोनाको संकमणबाट मुत्यु हुनेकाे संख्या १० पुग्याे

पाल्पा २२ जेठ । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘रिपोर्ट पोजेटिभ आएपछि भर्खरै हामीले मन्त्रालयमा खबर गरेका छौं ।’

कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन ।

विज्ञापन

डा. गिरीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार पाल्पाको मृतक एकसहित अर्घाखाँचीको १, नवलपरासीको २ र रुपन्देहीको १८ सहित २२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार