होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • (अपडेट) बझाङ पहिरोमा मृत्यु हुनेको संख्या ६ पुग्यो
समाज

(अपडेट) बझाङ पहिरोमा मृत्यु हुनेको संख्या ६ पुग्यो

  • नागरिक रैबार
(अपडेट) बझाङ पहिरोमा मृत्यु हुनेको संख्या ६ पुग्यो

बझाङ । बझाङको केदार स्युँ गाउँपालिका–८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । यस्तै १ जना अझै बेपत्ता छन् ।

पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको छ ।

यस्तै सोही ठाउँका ८० वर्षीय दले जेठाराको पनि शव फेला परेको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश एसएसपी सिंहले बताएका छन् । त्यस्तै अहिले फेरि राममति जेठाराकी १५ वर्षीया छारी शान्ति जेठारा र स्थानीय नवराज जेठाराकी छोरी १४ वर्षीय सन्तु जेठाराको शव फेला परेको प्रहरीले जनाएको छ ।

विज्ञापन

त्यस्तै, २ वटा गाई, ३ भैसी र ८ वटा बाख्रा पनि भेटिएको छ । शुक्रबार अविरल बर्षासँगै आएको पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता अझै बेपत्ता छन् ।

अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ । पहिरो घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थल पुगेको छ ।

पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको गाडी नै पहिरोका कारण दुर्घटनामा परेको छ । दुर्घटनामा ३ सैनिक जावन घाइते भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार