होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०)बाट लागुहुने गरी डाटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डाटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् । एनसेलले आफ्नो कर बाहेक २ प्रति एमबी रहेको […]
काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा […]
नागरिक रैबार/बाजुरा २० चैत्र। जिल्लाको बुढीगंगा नगरपालिका स्थित बुढीगंगा नदीमा डुवेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका १ अम्कोट घर भएका करण नेपालीकी ८ वर्षिया छोरी विनिता नेपाली रहेकी छन् । विहिबार दिउसो गाइवस्तु चराउन गएको बेला बुढीगंगा नदीमा पानी खाने बेला चिप्लिएर पानीमा डुवेर मृत्यु भएको स्थानीय पुष्पा पाध्यायले जानकारी […]
नागरिक रैबर/बाजुरा २० चैत्र। बुढीगंगा नगरपालिका वडा नं. ३ स्थित चैतेपिपल आधार भुत विद्यालयको भवनमा १० वेड क्षमताको क्वरेन्टाइन निर्माण गरिएको छ । नगरपालिका वडा नं. ३ को सहयोग र ब्रह्मतोला स्वास्थ्य चौकीकोे समन्वयमा उक्त विद्यालयमा १० बेड क्षमताको क्वोन्टाइन निर्माण गरिएको हो । उक्त स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा १० जनालाई राख्न सकिने वडा नं. […]
नागरिक रैबार/बाजुरा २० चैत्र। बझाङ्ग–बाजुरा सम्पर्क समिति बाजुराले जिल्ला प्रहरी कार्यालय बाजुरालाई सहयोग गरेको छ । बाजुरा जिल्लामा विभिन्न पेशामा आवद्ध रहेका र सो सम्पर्क समितिका पदाधिकारीहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाजुरालाई १ सय पीस मास्क सहित ५ लिटर ह्याण्ड सेनिटाईजर सहयोग गरिएको हो । जिल्ला अस्पताल बाजुरामा फार्मेसी सेवामा कार्यरत रहेका सो सम्पर्क समितिका […]
गगन अयडी/धनगढी २० चैत्र। त्रिवेणी नगरपालिका बाजुराले आपुर्ती समिति गठन गरेको छ । नगरको समग्र विकासका ,राहात लगाएत अन्य समस्याको समाधानको लागी नगरका ९ वटै वडाका वडा अधयक्ष संयोजक रहने गरी समिति गठन गरीएको त्रिवेणी नगरपालिका बाजुराका मेयर रामसिंह रावले वताए । मेयर रावलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । यो समिति […]
कैलाली । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आर्थिक क्रान्ति अबको कार्यभार भएको बताएका छन् । सोमबार सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्वबोधन गर्दै उनले सो कुरा वताएका हुन् । नेता नेपालले आर्थिक क्रान्तिको कार्यभार जसले पुरा गर्छ त्यो नै अबको नेता हुने भन्दै नेता कार्यकर्ता उत्पादनमा जोडिनुपर्नेमा जोड दिए । […]
कोभिड–१९ कोरोना भाइरस परिवारको भाइरस हो। यस भाइरस पहिले कहिल्यै मानिसमा देखिएको थिए। वुहानको हुवानान सिफुड ‘माछाजन्य जीव पाइने’ होलसेल मार्केटमा काम गर्ने व्यक्तिमा पहिलो कोरोना संक्रमण देखिएको थियो। कोरोना भाइरसको लक्षण यस भाइरसले निमोनिया निम्त्याउँछ। जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने, लामो समय ज्वरो आउने, सास फेर्न गाह्रो हुने, नाकबाट पानी निस्कने, […]
रामबहादुर बि.क/फागुन १९ बाजुरा । जिल्लाको मार्तडी–कोल्टी सडक खण्डमा जीप व्यवसायीहरुले जोखिम मोलेर सवारी साधान सञ्चालन गर्न बाध्य भएका छन् । जसका कारण सवारी साधानहरु दुर्घटनाको जोखिम झनै बढेको छ । सडकका दर्जन बढी स्थानमा हिलाम्मे भएकोले सवारी साधान घन्टौं फस्ने गरेकाले दुर्घटना बढ्ने सम्भावना देखिएको हो । निर्माण हुँदै गरेको सडकमा जथाभावि पानी छोडिएपछि […]
जनकपुर । प्रदेश नम्बर २ सरकारले होली पर्वको अवसरमा प्रदेशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।केन्द्र सरकारले होली पर्वमा एक दिन सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश सरकारले एक दिन थपेर दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले होली पर्वको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय […]
काठमाडौँ, १९ फागुन । दोश्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटकको मिर्गौला प्रत्यारोपण डा. प्रेमराज ज्ञवाली नेृतृत्वको टोलीले गर्ने भएको छ । त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा. प्रेमराज ज्ञवालीको टोलीले प्रत्यारोपण गर्ने भएको हो । अस्पतालका अनुसार युरोलोजी […]
काठमाडौँ — कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका थिए। […]
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेसँगै त्रिभुवन अन्तराष्ट्रिय मानस्थलले कोरोना सतर्कतासम्बन्धी रणनीति परिमार्जन गरेको छ । अब विमानस्थलबाट आउने मात्र होइन, बाहिर जानेको पनि परीक्षण गरिनेछ । यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने […]
काठमाडौं–सरकारले आठ जना सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई […]
काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक गरिन लागिएको मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ । यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार(आज) अस्पताल भर्ना हुनेछन् । हिजो सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीलाई […]
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागिसात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ। कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको […]
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ ।समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो ।बैठकमा महासचिव विष्णु पौडेलले सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय व्यक्त गरेका थिए । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको […]
नागरिक रैबार/ बाजुरा १९ माघ। बाजुरा जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धीत निकायलाई नागरिक समाज बाजुराले हप्तादिन अगाडि जिल्लाका समसामयिक विषयमा ८ बुदे ध्यान आर्कषण पत्र दिएको थियो । आईतबार फेरि ८ बुदे ज्ञापनपत्र नागरिक सेवा सरोकार मञ्च बाजुराले तिनै विषयका सन्दर्भमा सिडियोलाई गुहार्न पुग्यो । र, भन्दै छ । सिडियो साहेव ! कोल्टीतिर निकै दुख […]
काठमाडौं माघ,१९-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गौतमलाई गत असोजमै उपौध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा […]
रामबहादुर विक/बाजुरा १९ माघ। बाल बिबाह अन्त्यका लागि सामुदायिक भेला गरिएको छ । बडीमालिका नगरपालिका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको सहयाेग र बडिमालिका नगरपालिका वडा न ९ को समन्वयमा उक्त भेलाकाे आयोजना गरिएको हाे । उक्त कार्यक्रममा जानकारी गराउदै जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले उमेर नपुग्दै बिबाह गरेमा हुने समस्या […]