होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • अब त्रिभुवन विमानस्थलबाट आउने–जाने हरेक यात्रुको परीक्षण
स्वास्थ्य-जीवनशैली

अब त्रिभुवन विमानस्थलबाट आउने–जाने हरेक यात्रुको परीक्षण

  • नागरिक रैबार
अब त्रिभुवन विमानस्थलबाट आउने–जाने हरेक यात्रुको परीक्षण

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेसँगै त्रिभुवन अन्तराष्ट्रिय मानस्थलले कोरोना सतर्कतासम्बन्धी रणनीति परिमार्जन गरेको छ । अब विमानस्थलबाट आउने मात्र होइन, बाहिर जानेको पनि परीक्षण गरिनेछ ।

यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो ।

अब भने आगमन र प्रस्थान दुबै कक्षमा यात्रुको चेकजाँच गरिने भएको छ । अब सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले जाँच गर्नेछ ।यसको शुरुवात आइतबारबाटै भएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सरोकारवाला मन्त्रालय, विभाग र निकायसँग छलफल गरेका थिए । छलफलअनुसार विमानस्थल भित्रको व्यवस्थापनका लागि विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्णको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा स्वास्थ्य मन्त्रालय, सुरक्षा निकाय, अध्यागमनलगायत सरोकारवाला निकायको प्रतिनिधित्व रहेको छ ।

हेल्थडेक्सको क्षमता दोब्बर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलको आगमन कक्षमा हेल्थ डेस्क राखेको छ ।डेस्कमा १२ जना कर्मचारीले तीन सिफ्टमा काम गर्छन् । हरेक सिफ्टमा ४/४ जना कर्मचारी खटिएका हुन्छन् । अब भने स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्कको क्षमता दोब्बरसम्म बढाउने भएको महाप्रवन्धक केसीले जानकारी दिए ।

अब जुनसुकै वायुसेवाबाट आएको भए पनि प्रत्येक व्यक्तिले हेल्थडेस्कमा व्यक्तिगत रुपमा चिकित्सकसँग चेकजाँच गराउनु पर्नेछ । आगमन र प्रस्थान दुबै कक्षमा सबै यात्रुले निधारमा यन्त्र राखेर ज्वरो जाँच गर्नुपर्ने छ ।

आगमन कक्षमा आजैबाट प्रारम्भ गरिएको र प्रस्थान कक्षमा भने स्वास्थ्य मन्त्रालयले उपकरण उपलब्ध गराएपछि शुरु हुने महाप्रवन्धक केसीले जानकारी दिए । ‘नेपालमा संक्रमित नभेटिएका कारण प्रस्थान कक्षमा चेकजाँच आवश्यक थिएन’, उनले भने, ‘डब्लूएचओले जोखिमयुक्त मुलुकको सूचिमा राखेका कारण नेपालबारे भ्रम सिर्जना नहोस् भनेर प्रस्थान कक्षमा पनि चेकजाँच गर्न लागेका हौं ।’

सबै यात्रुले हेल्थडेक्समा अनिवार्य चेकजाँच गरेर मात्र अध्यागमनतर्फ प्रस्थान गर्न जहाजभित्रै ‘अनाउन्समेन्ट’ हुने भएको छ । त्यसबाहेक आगमन कक्षमा अंग्रेजी, नेपाली र चिनियाँ भाषामा ‘अनाउन्समेन्ट’ गर्न थालिएको महाप्रबन्धक केसीले जानकारी दिए । उनकाअनुसार हरेक पटक जहाज अवतरण हुनासाथ चेकजाँच गरेर मात्र अगाडि बढ्न आग्रह गरिने छ ।

चीनतर्फ उडान सुक्यो

कोरोनाको त्राश बढेसँगै चीन र नेपालको हवाई सम्वन्ध पनि पातलिन थालेको छ । पाँच चिनियाँ र एउटा नेपाली वायुसेवा कम्पनीले काठमाडौंबाट एक दर्जन शहरमा गरी सातामा ६५ वटा उडान हुँदै आएको थियो । कोरोनाको संक्रमण बढ्दै गएपछि चिनियाँ र नेपाली कम्पनीहरुले उडान कटौती गर्दै गए । अहिले सातामा ४ वटा उडान मात्र हुने गरेका छन् ।

प्रतिउडान २०/२२ जना भन्दा बढी यात्रु नहरेको विमानस्थलले जनाएको छ । काठमाडौंका लागि सातामा १४ उडान राखेको एयर चाइनाले अहिले छेन्दु शहरबाट सातामा दुई उडान मात्र गर्छ । सातामा १४ उडान राखेको चाइना साउदर्नले अहिले दुई उडान मात्र राखेको छ । यो जहाज ग्वाङझाउबाट काठमाडौं आउँछ ।

दुबै शहर कोरोनाको अतिप्रभावित क्षेत्र नरहेको, चीनले कैंयौ पटकको परिक्षणपछि मात्र यात्रुलाई विमानस्थलसम्म जान सक्ने अनुमति दिने र उडिरहेका जहाजले पनि यात्रु अभावका कारण धेरै उडान रद्द गर्ने भएकाले चीनबाट हुने जोखिम कम रहेको विमानस्थलको भनाई छ । तर, पछिल्लो समय चीनभन्दा बाहिर समेत कोरोनाको संक्रमण फैलिएपछि व्यक्तिगत रुपमा चेकजाँच गर्ने निर्णय लिइएको हो ।

हामीले स्पेस दिने हो, व्यवस्थापन चिकित्सकको
देवेन्द्र केसी

महाप्रवन्धक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरेअनुसारको स्पेस त्रिभुवन विमानस्थलले उपलब्ध गराउने हो । कुन उपकरणले के काम गर्छ, त्यो चिकित्सकहरुले जान्ने कुरा भयो । संक्रमण नफैलन स्वास्थ्य मन्त्रालयको आग्रह अनुसार हामीले सहजिकरण गरिरहेका छौं । त्यसमा कुनै कमी हुन दिँदैनौं ।

यात्रुलाई व्यक्तिगत रुपमा चेक नभएसम्म नेपालमा त खुकुलो छ भन्ने भ्रमसमेत परेको हुन सक्छ । अब हरेक व्यक्तिलाई हामी चेकजाँच गर्नेछौं । यात्रुले पनि आफूलाई ज्वरो आएको भए स्वघोषणा गरी उपचारको पद्दतिमा जानुपर्छ । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार